प्रधानमन्त्रीको निर्देशन अनुसार माओवादीले काठमाडौंमा जनप्रदर्शन गर्ने



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आइतबार बसेको बैठकले सडक आन्दोलन गर्ने निर्णय गरेको हो । अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा पठाइएको ६ बुँदे सर्कुलरमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्ने निर्णय भएको उल्लेख छ ।

सर्कुलरमा भनिएको छ, ‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जबस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ ।

पछिल्लो सयम प्रधानमन्त्री प्रचण्डले आफैं सरकारको नेतृत्व गरेर पनि व्यवस्थामाथि खतरा बढेको भन्दै लाखौं जनता सडकमा उतार्ने बताउँदै आएका थिए । समाजवादी मोर्चाका सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले घोषणा गरेअनुसार नै माओवादीले नै सडक संघर्षको कार्यक्रम तय गरेको हो । यद्यपि, प्रधानमन्त्रीले नै सडकमा जनता उतार्छु भन्ने अभिव्यक्ति दिएपछि सत्तारुढ घटक नेपाली कांग्रेसमा नेताहरूले भने असन्तुष्टि पोख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...