एमालेको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भयो : बादल



 

 

लामो समयदेखि सार्वजनिक कार्यक्रममा विरलै देखिने र सुनिने गरेका एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले सोमबार पोखरामा प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै लेनिनवादको महत्वबारे व्याख्या गरेका छन् । पार्टीको गण्डकी प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष बादलले लेनिनवादको प्रयोग एमालेले समाजवाद निर्माणका लागि गर्ने बताए । पुरानै माओवादीकालीन शैलीमा प्रशिक्षणमूलक भाषण गरेका बादलले एमालेको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भएकाले अब एमालेकै नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गरिने बताए । उनले भने, ‘नेकपा एमालेले समाज सुहाउँदो कार्यक्रम लिएर जनवादी आन्दोलनको, जनवादी क्रान्तिको नेतृत्व गर्‍यो । श्रमजीवी जनताको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गर्‍यो । अब हामी समाजवादी क्रान्तिको फेजमा प्रवेश गरेका छौं । यो भनेको लेनिनवादी समाजवादी क्रान्तिको मोडलमा जाने कुरा हो ।

हामीले लेनिनवाद मान्ने भनेको समाजवादी क्रान्ति सम्पन्न गर्ने हो । बादलले एमालेको दशौं महाधिवेशनले समाजवादी क्रान्तिको मोडल र कार्यक्रम तय गरेको भन्दै सोहीअनुसार पार्टी पंक्ति अघि बढ्नुपर्ने बताए । उनले समाजवादी क्रान्तिका लागि कृषिमा आत्मनिर्भर बन्नैपर्नेमा जोड दिए । उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा एमालेले अघि सारेको भन्दै समाजवादी क्रान्ति सम्पन्न भएसँगै समृद्ध नेपाल बन्ने दाबी गरे । अर्को प्रसंगमा बादलले प्रचण्ड, माधव र वामदेवहरुमा राजनीतिक रुपमा दक्षिणपन्थी प्रवृत्ति र सांगठनिक रुपमा अराजकतावाद देखापरेपछि उनीहरुलाई परास्त गर्न तत्कालीन अवस्थामा संसद विघटन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका