एमालेको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भयो : बादल



हाम्रो इकोनोमि

 

 

लामो समयदेखि सार्वजनिक कार्यक्रममा विरलै देखिने र सुनिने गरेका एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले सोमबार पोखरामा प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै लेनिनवादको महत्वबारे व्याख्या गरेका छन् । पार्टीको गण्डकी प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष बादलले लेनिनवादको प्रयोग एमालेले समाजवाद निर्माणका लागि गर्ने बताए । पुरानै माओवादीकालीन शैलीमा प्रशिक्षणमूलक भाषण गरेका बादलले एमालेको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भएकाले अब एमालेकै नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गरिने बताए । उनले भने, ‘नेकपा एमालेले समाज सुहाउँदो कार्यक्रम लिएर जनवादी आन्दोलनको, जनवादी क्रान्तिको नेतृत्व गर्‍यो । श्रमजीवी जनताको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गर्‍यो । अब हामी समाजवादी क्रान्तिको फेजमा प्रवेश गरेका छौं । यो भनेको लेनिनवादी समाजवादी क्रान्तिको मोडलमा जाने कुरा हो ।

हामीले लेनिनवाद मान्ने भनेको समाजवादी क्रान्ति सम्पन्न गर्ने हो । बादलले एमालेको दशौं महाधिवेशनले समाजवादी क्रान्तिको मोडल र कार्यक्रम तय गरेको भन्दै सोहीअनुसार पार्टी पंक्ति अघि बढ्नुपर्ने बताए । उनले समाजवादी क्रान्तिका लागि कृषिमा आत्मनिर्भर बन्नैपर्नेमा जोड दिए । उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा एमालेले अघि सारेको भन्दै समाजवादी क्रान्ति सम्पन्न भएसँगै समृद्ध नेपाल बन्ने दाबी गरे । अर्को प्रसंगमा बादलले प्रचण्ड, माधव र वामदेवहरुमा राजनीतिक रुपमा दक्षिणपन्थी प्रवृत्ति र सांगठनिक रुपमा अराजकतावाद देखापरेपछि उनीहरुलाई परास्त गर्न तत्कालीन अवस्थामा संसद विघटन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...