संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस पोखरामा



हाम्रो इकोनोमि

 

 

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आएका छन् । नेपालको ४ दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस सोमबार दिउसो सोमबार दिउँसो नेपाली सेनाको जहाजमार्फत पोखरा आएका हुन् । महासचिव एन्टोनियो गुटेरेसको स्वागत र सुरक्षाका लागि पोखरामा विशेष तयारी गरिएको छ । गुटेरेसलाई स्वागत गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेसहितको टोली विमानस्थल पुगेका थिए । महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उनी मंगलबार अन्नपूर्ण आधार शिविर(एबिसी) का लागी निस्कने छन् । उनी मंगलबार बिहान ६ः३० मा आधार शिविरका लागि प्रस्थान गर्नेछन् । आधार शिविरबाट उनी ७ः३० मा पोखरा विमानस्थल फर्किनेछन् । विमानस्थलमा पोखराका पत्रकारहरूसँग कुरा गर्ने र मंगलबार बिहान ८ः१५ मा पोखराबाट लुम्बिनी प्रस्थान गर्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...