संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस पोखरामा



हाम्रो इकोनोमि

 

 

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आएका छन् । नेपालको ४ दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस सोमबार दिउसो सोमबार दिउँसो नेपाली सेनाको जहाजमार्फत पोखरा आएका हुन् । महासचिव एन्टोनियो गुटेरेसको स्वागत र सुरक्षाका लागि पोखरामा विशेष तयारी गरिएको छ । गुटेरेसलाई स्वागत गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेसहितको टोली विमानस्थल पुगेका थिए । महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उनी मंगलबार अन्नपूर्ण आधार शिविर(एबिसी) का लागी निस्कने छन् । उनी मंगलबार बिहान ६ः३० मा आधार शिविरका लागि प्रस्थान गर्नेछन् । आधार शिविरबाट उनी ७ः३० मा पोखरा विमानस्थल फर्किनेछन् । विमानस्थलमा पोखराका पत्रकारहरूसँग कुरा गर्ने र मंगलबार बिहान ८ः१५ मा पोखराबाट लुम्बिनी प्रस्थान गर्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...