प्रतिनिधि सभाको बैठक बस्दै



हाम्रो इकोनोमि

 

 

प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । आजकै बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले “बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने “बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०” प्रस्तुत गर्नेछन् । यसैगरी अर्थमन्त्री महतले “भन्सार विधेयक, २०८०” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने “भन्सार विधेयक, २०८०” प्रस्तुत गर्नेछन् । बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले “विमस्टेक वडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव” पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...