एमालेको चियापान कार्यक्रम कात्तिक १५ गतेलाई सर्‍यो



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)को चियापान कार्यक्रम निर्धारित समयभन्दा एक दिन ढिलो गरी कात्तिक १५ गतेका लागि सरेको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार दसैं, तिहार, छठ लगायतको पर्वको अवसरमा आयोजना हुने चियापान कार्यक्रम एक दिन पछि सरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट आयोजना हुने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम यसअघि कात्तिक १४ गतेका लागि तय गरिएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै चियापान कार्यक्रम एक दिन पछि सारिएको कार्यालय सचिव डा. अधिकारीले जानकारी गराए । चियापान कार्यक्रम एमाले मुख्यालय च्यासल ललितपुरमा बुधबार दिउँसो १२ः१५ देखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...