दाङमा रित्तिदै नेकपा एस, केन्द्रीय परिषद् सदस्य गैरे एमालेमा फर्किए



 

 

नेकपा (एकिकृत समाजवादी)का केन्द्रीय परिषद् सदस्य तथा दाङ क्षेत्र नं. १ का इञ्चार्ज रामप्रसाद गैरे नेकपा (एमाले)मा फर्किएका छन् । दाङ लमहीमा आयोजित कार्यक्रममा समाजवादी परित्याग गरी गैरे एमालेमा प्रवेश गरेका हुन् । गैरेलाई एमाले महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराए । गैरेले समाजवादी पार्टीलाई जनताले अनुमोदन नगरेकाले आफू एमालेमै फर्किएको बताए । ‘समाजवादी पार्टीलाई जनताले अनुमोदन गरेनन् । फुटेर कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सकिँदो रहेनछ । म मूलधारमा फर्किएँ’ एमाले प्रवेश गर्दै गैरेले भने, ‘समाजवादी मोर्चामा माओवादीको एकाधिकार हुन थाल्यो । त्यसले आन्दोलनलाई अघि बढाउन सकिँदैन । म एमालेमै फर्किने निधो गरेँ र अहिले पार्टी प्रवेशसमेत गरिसकेको छु । पार्टीले दिने जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु ।’

दाङमा समाजवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्दै जाँदा यहाँ समाजवादी कमजोर बन्दै गएको छ ।  यसअघि जिल्ला अध्यक्षसहित केन्द्रीय स्तरका नेताहरु एमालेमा प्रवेश गरिसकेका छन् । समाजवादीबाट दाङ क्षेत्र नं. १ मा निर्वाचित सांसद मेटमणि चौधरी आफ्नो निर्वाचन क्षेत्रमा एक्लिँदै गएका छन् । उनलाई साथ दिएकाहरु अहिले एमालेमा फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका