दाङमा रित्तिदै नेकपा एस, केन्द्रीय परिषद् सदस्य गैरे एमालेमा फर्किए



हाम्रो इकोनोमि

 

 

नेकपा (एकिकृत समाजवादी)का केन्द्रीय परिषद् सदस्य तथा दाङ क्षेत्र नं. १ का इञ्चार्ज रामप्रसाद गैरे नेकपा (एमाले)मा फर्किएका छन् । दाङ लमहीमा आयोजित कार्यक्रममा समाजवादी परित्याग गरी गैरे एमालेमा प्रवेश गरेका हुन् । गैरेलाई एमाले महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराए । गैरेले समाजवादी पार्टीलाई जनताले अनुमोदन नगरेकाले आफू एमालेमै फर्किएको बताए । ‘समाजवादी पार्टीलाई जनताले अनुमोदन गरेनन् । फुटेर कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सकिँदो रहेनछ । म मूलधारमा फर्किएँ’ एमाले प्रवेश गर्दै गैरेले भने, ‘समाजवादी मोर्चामा माओवादीको एकाधिकार हुन थाल्यो । त्यसले आन्दोलनलाई अघि बढाउन सकिँदैन । म एमालेमै फर्किने निधो गरेँ र अहिले पार्टी प्रवेशसमेत गरिसकेको छु । पार्टीले दिने जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु ।’

दाङमा समाजवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्दै जाँदा यहाँ समाजवादी कमजोर बन्दै गएको छ ।  यसअघि जिल्ला अध्यक्षसहित केन्द्रीय स्तरका नेताहरु एमालेमा प्रवेश गरिसकेका छन् । समाजवादीबाट दाङ क्षेत्र नं. १ मा निर्वाचित सांसद मेटमणि चौधरी आफ्नो निर्वाचन क्षेत्रमा एक्लिँदै गएका छन् । उनलाई साथ दिएकाहरु अहिले एमालेमा फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...