चिनी अभावले जुस, चकलेट र बिस्कुट उद्योग समस्यामा



 

 

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका चकलेट, बिस्कुट र जुस उद्योगहरू चिनी अभावका कारण समस्यामा परेका छन् । सरकारले चिनी उपलब्ध नगराउँदा कोरिडोरमा रहेका चकलेट र बिस्कुट उद्योगहरूले कुल आफ्नो उत्पादन ५० प्रतिसशतमा खुम्चाएका छन् । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा २० भन्दा बढी बिस्कुट र चकलेट उद्योगहरू छन् । क्षमता अनुसार उद्योग सञ्चालन गर्न नपाएपछि उद्योगहरूले मजदुरलाई समेत आलो पालोमा काम लगाउन थालेका छन् । चाडबाडको बेला काम नपाएपछि मजदुर समेत समस्यामा परेका छन् । उद्योगी आफैले पनि चिनी ल्याउन नसक्ने र सरकारले पनि माग अनुसारको चिनी दिन नसकेका कारण जुस चकलेट र बिस्कुट उद्योगहरू मारमा परेको उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए । चाडबाडका बेला बढी विक्री हुने बिस्कुट, डेरी प्रडक्ट, मिस्री, मिठाइ र चकलेट उद्योगको उत्पादन ५० प्रतिशतमा खुम्चिएपछि वर्षभरि नै उद्योगीहरूलाई समस्या हुने सुराना बताउँछन् । माग भएको बेला चिनी अभावका कारण उत्पादन हुन सकेन, माग नभएका बेला चिनी दिएर के गर्नु रु’ उनले गुनासो गरे । तिहारमा चकलेट , मिश्री लगायतका सामाग्रीको नेपाली बजारमा उच्च माग हुनेभए पनि उत्पादनमा कटौती गर्नु परेको उद्योगी महेश जाजुले बताए । अरू बेला बजारमा माग नहुँदा क्षमताको ४० प्रतिशतभन्दा कम उत्पादन गरिरहेका उद्योगले चाडबाडका बेला उत्पादन बढाएर वर्षभरिको खर्च धान्ने गर्छन् उनले भने,‘ यस पटक चिनी अभावमा ५० प्रतिशतभन्दा बढी उत्पादन पुग्न सकेको छैन ।

जुस, बिस्कुट र कन्फेक्सनरी उत्पादक महेश जाजूले सरकारको खेलाँचीले समयमा चिनी आपूर्ति हुन नसक्दा चाडबाडमा उत्पादन बढाउनका साटो घटाउनु परेको बताए । जाजूका अनुसार अहिले चिनी खपत हुने जुस, बिस्कुट, चकलेट, कन्फेक्सनरी, मिठाइ र मिस्री उद्योगको उत्पादन क्षमताको ५० प्रतिशत मात्रै छ । चाडबाडका बेला मुख्य कोसेलीका रूपमा अत्यधिक प्रयोग हुने बिस्कुट, चकलेट, मिठाइ, मिस्री र कन्फेक्सनरी उत्पादन ९० प्रतिशत पुग्नुपर्ने उनको भनाइ छ । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०–१० हजार टन आयात गर्न स्वीकृति दिए पनि उनीहरूले अहिलेसम्म आयात गर्न सकेका छैनन् । सरकारले तोकेका सरकारी कम्पनीले चिनीको आयत समयमा गर्न नसक्दा चिनीको मूल्य आकासिएको छ ।

नेपालमा वार्षिक ३ लाख २० हजार मेट्रिक टन चिनी खपत हुन्छ । तर नेपालमा रहेका चिनी उद्योगले मुस्किलले ८० हजार टन उत्पादन गर्छन् ।नेपाली उत्पादनले चिनीको माग धान्न नसकेपछि चिनी आयत गर्नु पर्ने बाध्यता रहेको छ । तर चिनी आयतमा ४० प्रतिशत भन्सार लगाएपछि उद्योगीहरूले ग्रिन च्यानलबाट चिनी आयत रोकेका छन् । सरकारको नीतिका कारण चिनीको आयतमा चोरी तस्करी बढेको उद्योगीहरूले बताए । भारतीय बजारमा चिनीको मूल्य प्रतिकिलो ६५ रुपैयाँ छ । भारतसँग जोडिएको विराटनगरमै खुद्रा मूल्य ११० रुपैयाँ सम्म लिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका