एमालेलाई कमजोर पार्न मुख्य नेतृत्वमाथि प्रहार : उपाध्यक्ष पौडेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गर्ने तथा चरित्रहत्याको खेती गर्नेमाथि कानूनबमोजिम कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेका पौडेलले एमाले अध्यक्ष ओलीविरुद्ध भ्रमपूर्ण प्रचार गर्ने अपराधकर्ममा संलग्नहरुलाई दण्डित नगरे सरकारको नियतमाथि प्रश्न उठ्नेसमेत बताएका छन् । उपाध्यक्ष पौडेलले भने, ‘राष्ट्रको स्वाभीमान, जनताको समृद्धि र सामाजिक न्यायको निम्ति उचाइबाट नेतृत्व गर्नुभएको हाम्रो पार्टी अध्यक्षविरुद्ध जुन जुन प्रकारले नियोजित प्रहार र भ्रामक प्रचारबाजी गरिएको छ, यस्ता अपराधकर्ममा संलग्नलाई सरकारले दण्डित गरोस् । यदि सरकारले त्यस्ता व्यक्ति र आपराधिक जत्थालाई कारबाहीको दायरामा ल्याएन भने सरकार स्वयम् यस्तो अपराधकर्मको मतियार हो भनेर बुझ्नुपर्ने हुन्छ ।

पछिल्लो समय बैंकको ऋण नतिर्ने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष ओलीमाथि कम्बोडियाको टेलिकममा लगानी गरेकोलगायतका आरोप लगाएका छन् । ओली नेतृत्वमा नेपालले चुच्चे नक्सा जारी गरेपछि भारतीय मिडियाले ३ वर्षअघि प्रसारण गरेको फेक रिपोर्टलाई उद्धृत गर्दै प्रसाईंले ओलीमाथि आरोप लगाएका भिडिओहरु भाइरल छन् । एमालेले प्रसाईंको भ्रमपूर्ण अभिव्यक्तिलाई आपराधिक कार्य भन्दै कानूनबमोजिम कारबाहीको लागि सरकारको ध्यानाकर्षण गराएको छ । ओलीले गणतन्त्र र धर्मनिरपेक्षको विकल्पमा अहिले कोही जान नसक्ने भन्दै राजतन्त्र फर्किन सम्भव नरहेको अभिव्यक्ति दिएपछि राजावादीहरुले नियोजित आक्रमण थालेको एमालेको दाबी छ ।

पाध्यक्ष पौडेलले एमालेलाई कमजोर पार्न देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले विगतमा पार्टीभित्रैका अवसरवादी र स्वार्थी तत्वहरुलाई प्रयोग गरेर विभाजनको प्रयास गरेकोसमेत बताए । सबै प्रकारका षड्यन्त्रहरु असफल भएपछि पार्टीको मुख्य नेतृत्वमाथि प्रहार केन्द्रित गरिएकोसमेत उनले बताए । पौडेलले भने, ‘विगतमा पनि कहिले हामीभित्रैका स्वार्थी र अवसरवादी तत्वहरुलाई प्रयोग गरेर विभाजनको प्रयास गरिए । कहिले राज्यशक्ति र सत्ताको दुरुपयोग गरेर एमालेविरुद्ध प्रहार भए । कहिले हाम्रा नेताहरुको चरित्रहत्या गर्न प्रायोजित र झूट प्रचार गरे । यही सिलसिलामा अहिले हाम्रो अध्यक्षका विरुद्ध जुन प्रकारको लाञ्छनायुक्त भ्रामक प्रचार गर्दैछन्, तिनीहरुलाई कारबाही गरिएन भने एमालेले प्रतिवाद गर्नेछ । उपाध्यक्ष पौडेलले केपी ओलीको नेतृत्वमा एमाले अझ बढी एकताबद्ध र बलियो बनेर अघि बढेपछि मूल नेतृत्वमाथि प्रहार गर्न योजनाबद्ध र संगठित प्रयास भइरहेको समेत बताएका छन् । पौडेल दशैंको दिन ओलीसँगै झापामा थिए ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...