रौतहटमा माओवादी र नेकपा एस त्यागेर सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

रौतहटमा विभिन्न पार्टी परित्याग गरी सयौँ नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन । नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा बिहीबार एमालेको फतुवा विजयपुर नगर कमिटिले लक्ष्मीनिया विजयपुर बजारमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका शिवपुजन राय यादव, जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रभात कुश्वाहा, उपेन्द्र राय यादव, धर्मेन्द्र यादव, भागवत चौधरी, नेकपा एकिकृत समाजवादीका वीरेन्द्र राय यादव लगायतको नेतृत्वमा सयौँ नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको छ ।

उहान्हरुलाई एमालेका सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले टिका लगाएर पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्यहरु पुरुषोतम पोडैल, अच्युत मैनाली, केन्द्रीय सदस्य अजय गुप्ता, उद्धव रेग्मी, अरविन्द सिंह, प्रभु हजरा, जिल्ला अध्यक्ष सचिदानन्द साहलगायतका नेताहरुले मन्तव्य राख्नुभएको थिउो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...