गाउँपालिका अध्यक्षले गाडी सिक्न खोज्दा दुर्घटना



हाम्रो इकोनोमि

 

 

दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ । अध्यक्ष माेक्तानले सिक्ने क्रममा मङ्गलवार प्रदेश–३–०१–००२ झ ५१०६ नम्बरकाे गाडी (जीप) दुर्घटनामा परेकाे हाे । अध्यक्ष मोक्तानले कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीकाे चाबी चालकसँग मागेर आफैँले चलाएर स्वास्थ्य चौकी टोकरपुरसम्म लैजानुभएकाे थियाे । उहाँले त्याे गाडी स्वास्थ्य चौकीबाट फर्काएर कार्यालय परिसरमा ल्याएर पुनः परिसरबाट बाहिर निकाल्ने क्रममा दुर्घटनामा परेको हो । गाडी दुर्घटनामा परे पनि अध्यक्ष माेक्तान सकुशल हुनुहुन्छ ।

अध्यक्ष मोक्तानले गाडी निकाल्दै गर्दा अकस्मात् एक्सिलेटर दबाउँदा हुत्तिएर पालिकाको भवनमुनि रहेकाे चिस्यान केन्द्रको भवन नजिकै ठोकिएकाे थियो । गाडी ठाेकिँदा अगाडिकाे भागमा क्षति पुगेकाे छ । अहिले त्याे गाडीलाई चालकले त्रिपाल ओढाएर राखेका छन् । गाडी दुर्घटनामा परेपछि अध्यक्ष माेक्तान अर्कै गाडी लिएर काठमाण्डाै जानुभएकाे गाउँपालिकाका एक कर्मचारीले बताए । गाउँपालिकाको गाडी चलाउन पालिकाले नै चालक भर्ना गरेर राखे पनि चालक अनुमति पत्र विना नै अध्यक्ष मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटनामा परेकाे र त्याे गाडी मर्मतको खर्च पालिकाले बेहाेर्छ कि अध्यक्ष माेक्तानले बेहाेर्छन् भन्दै सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूले प्रश्न साेधेका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...