बूनपा–३ मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



हाम्रो इकोनोमि

 

 

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर–३ ले विजया दशमी, शुभदीपावली तथा छठको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । वडा नम्बर ४ ले आज (बिहीबार) विजया दशमी, शुभदीपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको २०८०को सुखद् उपलक्ष्यमा बूढानीलकण्ठ नगरपालिकाले–३ ले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बागमती प्रदेश सांसद जयराम थापा, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा, काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला, पूर्वमेयर उद्धव खरेल, बूनपा नगरकमिटी अध्यक्ष प्रदीप डंगोल, बूनपाका वडाध्यक्षहरु, राजेन्द्र श्रेष्ठ, रवि खड्का, काठमाडौं क्षेत्र नम्बर ५ का संयोजक ध्रुव थपलियालगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन नेकपा एमाले बूनपा पार्टी नगरकमिटी सदस्य विकास तामाङले गरेका थिए । त्यसैगरी, शुभकामना मन्तव्य वडा नम्बर ३ पार्टी अध्यक्ष गणेश कुँवरले गरेका थिए । ् कार्यक्रममा वडावासीको बाक्लो उपस्थिति थियो । उपस्थित वडावासीले एकअर्कामा हार्दिकतापूर्वक शुभकामना आदानप्रदान गरे ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...