एनआरएनएमा यसकारण आवश्यक छ डा. बद्रि केसीको नेतृत्व



 

 

गैरआवासीय नेपालीहरूको अन्तर्राष्ट्रिय समन्वय समितिको ११औं अधिवेशन जति नजिक आउदैछ, त्यति नै संसारभरीका यस्का सदस्यहरूको चहल पहल प्रवासमा मात्र होइन, मात्रिभूमि नेपालमा समेत बढेको छ । निर्वाचनको चहलपहल र उमेदवारी दर्ता सम्पन्न भैसकेको छ । दर्जानौं उम्मेदवारी परेका छन भने उम्मेदवारीसँगै आफू कसरी निर्वाचन जित्ने भन्ने होडवाजीमा सरकार र राजनीति नेताहरूसंगको भेटघाटहरू वाक्लिएसंगै केही राजनीतिक नेताहरू प्रत्यक्षरूपमै हाम्रो पार्टीको उम्मेदवारले निर्वाचन जित्नुपर्दछ भन्दै प्रतिनिधिहरूलाई प्रभाव पार्दैछन ।
हामि के चाहन्छौ ?

मात्रिभूमिवाट रहर, अवसर र वाध्यताले आफ्नो परिवारको सुन्दर भविष्यको खोजीमा विश्वव्यापी वनेका लाखौं हामी प्रवासी नेपालीहरूको संख्या दिनानुदिन वढिरहेका छन । झण्डै जनसंख्याको एक तिहाई संख्या देश वाहिर छ । यो क्रम अरू बड्दैछ । यी प्रवासीहरूको सयौं संघ संस्थाहरू क्रियाशिल छन । यी संस्थाहरूमा विचार/क्षेत्र/जाति/पेशा, परोपोकारी र सामुदायिक संस्थाहरूले सबै प्रवासी नेपालीहरूलाई समेट्न सक्दैनन । यी सम्पूर्ण प्रवासीहरूलाई समेट्ने एउटै मात्र नेपाल सरकारसंग प्रत्यक्ष जोडिएको संस्था हो गैर आवासीय नेपाली संघ, जस्को सन्सारका झण्डै ९० देशमा शाखाहरू छन ।

यी शाखाहरूको समन्वय गरिरहेको अन्तर्राष्ट्रिय समन्वय संघचाँहि विगत केही वर्षदेखि राजनीतिक र जातीय संकिर्ण र संकुचितमा जकडिएको छ । यस्ले न त आम प्रवासी नेपालीहरूको भावना अनुसार प्रवासमा काम गर्न सकेको छ न घरवासमा नै सामुहिक लगानीको वातावरण तयार गर्न । त्यसो त प्रवासिएका नेपालीहरूको १०।१५ प्रतिशत मात्रा यस्का सदस्य छन र पनि सबै यो संस्थाको क्रियाकलापप्रति सन्तुष्ट छैन । कारण हो संस्थाभित्र रहेका राजनीतिक हस्तक्षेप र आफन्तावाद ।

हुन त नेपाल सरकारको निति पनि प्रष्ट छैन । गैर आवसीय नेपालीको परिभाषा प्रष्ट छैन । १५ /२० वर्ष विदेशी सेना र सरकारी जागिर खानेहरू र ५/१० वर्ष विदेशमा पढ्न जाने विद्यार्थीहरू जो ९० प्रतिशत नेपाल फर्कदैनन, उनीहरू गैर आवासीय नेपालीमा नपर्ने र २/३ वर्षको लागि मध्यपूर्व र पूर्वी एशियामा काम गर्न जानेहरू चॉहि गैर आवासीय नेपालीको दायारामा पर्नु न्यायिक देखिदैन । हुनुपर्ने त कामदार भिषा÷ग्रिनकार्ड र ओर्क परमिट लिएकाहरू होईन, नेपाली मुलका विदेशी नागरिकता लिएका मानिसहरू मात्रा एनआरएनको सदस्य हुने प्रावधान राख्दा मात्र यो संस्था वास्तविक गैर आवासीय संस्था हुनेछ र गैर राजनीतिक पनि ।

 

किन बद्रि केसीलाई मत दिने ?

चुनावको मुखमा सवै उम्मेदवार आकर्षक नारा दिइरहेका छन । तर यथार्थमा को के हुन भन्ने बुझ्न जरुरी छ । अध्यक्षमा उम्मेदवार बनेकामध्ये सवैभन्दा योग्य को हो भनेर मतदाताले बुझन जरुरी छ । अध्यक्षका उम्मेदवारमध्ये यसपटक डा. बद्रि केसी सवैभन्दा उपयुक्त हुनुहुनछ । यस्का थुप्रै आधारहरु छन ।

१. गैर आवासीय नेपाली संघको स्थापना कालदेखि आजसम्म निरन्तर लागिरहेको एक असल र ईमानदार अभिन्यता हुन डा. बद्रि केसी ।
२. गैर आवासीय नेपालीहरूको मुद्दा र आवश्यकता राम्रोसंग बुझेको ब्यक्ति पनि हुन ।
३ प्रवासमा रहेर कुनै पनि राजनैतिक संगठनको नेतृत्व नगरेको, साझा चरित्र निर्वाह गरेको ब्यक्ति नै एनआरएनएमा आवश्यक रहेको छ ।
४ गैर आवासीय नेपाली संघको हितमा जुनसुकै त्याग र समर्पण सहजै गर्न सक्ने ब्यक्ति बद्रि हुन भन्ने पनि प्रमाणित भएको छ ।
५ गैर आवासीय नेपाली संघलाई विधि विधान संगत तरिकाले चलाउन सक्ने ।
५. संघलाई कुनै पनि राजनीतिक/आर्थिक/भौगोलिक र जातिय हस्तक्षेपलाई पूर्ण रूपले मुक्त राख्न सक्ने ।
६ संस्थालाई पारदर्शी मात्र होईन कम खर्चिलो वनाउन सक्ने ।
७ संस्थालाई धनाढ्यहरूको क्लव होइन, आम प्रवासी श्रमिक/पेशा व्यवसायी र प्राविधिकहरूको सुन्दर बगैचा वनाउन सक्ने क्षमता भएको र आफ्नो समुहमा सबै विचार/क्षेत्र/जाति/पेशा र व्यवसायको प्रवासीहरूलाई समावेश गरी साच्चैको हामी सम्पूर्ण प्रवासीहरूको साझा संस्था वनाउने अभियानका सारथी डा वद्रि केसी र उहाँको सिंगो समुहलाई मतदान गरी गैर आवासीय नेपाली संघलाई सम्पूर्ण प्रवासिएका नेपालहरूको अभिभावकीय संस्था वनाउनु पर्छ । यो नै आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस
राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री नजाने

     प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी

तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति