ढिलो जन्मेकाले होइन, युगले खोजेकाले विकल्प दिन आएका हौं : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु युगले खोजेअनुसारको नयाँ भएको बताएका छन् । रास्वपाद्वारा आयोजित नीति मन्थन कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै अहिले राजनीतिलाई व्यवसायजस्तो बनाएको बताए । उनले भने, ‘राजनीतिलाई व्यवसायजस्तो बनाइएको छ । त्यसलाई मुक्ति दिएर नयाँ पुस्ताको चाहना र नयाँ चुनौतिलाई सामना गर्नको लागि हामी आएको हौं ।

हामी ढिलोजन्मेकोे कारणले हामी नयाँ भनेका होइनौं । धेरै राजनीतिक दलका दलका नेताहरुले टिप्पणी गर्दा हिजो हिजो भर्खरी आए भनिराखेका छन् हामी ढिलो जन्मेका र अस्ति मात्रै पार्टी दर्ता भएको आधारमा नयाँ भनेका होइनौं । नयाँ भनेका युग र संसारले खोजेको नयाँ हो । आफूलाई स्वाद परेअनुसारको छिमेकी देशलाई गाली गर्नुलाई राष्ट्रियता मान्न नहुने बताए । उनले थपे, ‘तीन गरेका प्रगतीलाई नहेरी आलोचनामा रहेर राजनीति गर्ने परम्परा एउटा पुस्ताले राख्यो अब नयाँ युगका नयाँ चुनौती र आवश्यकता अनुसार अघि बढाउँन आएका हौं ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...