कोशीका मुख्यमन्त्री केदार कार्कीलाई माओवादीले विश्वसको मत दिने



हाम्रो इकोनोमि

 

 

माओवादी केन्द्रले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीलाई विश्वसको मत दिने भएको छ । केन्द्रीय गठबन्धन र नेपाली कांग्रेसको निर्णयविरुद्ध एमालेसँग सहकार्य गरेर कोशी प्रदेशमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई नेकपा माओवादीले विश्वासको मत दिने भएको हो । केन्द्रको सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीका इन्द्र आङवोलाई बनाउने निर्णय गरेको थियो । निर्णयविरुद्व गएर केदार कार्कीले एमालेसङ मिलेर सरकारको नेतृत्व गरेका छन् । केन्द्रको निर्णय विरुद्व शेखर कोइराला समूहका कार्कीसहित ८ सांसदले विद्रोह गरेका थिए ।

नेकपा एमालेका ३९ र शेखर समूहका ८ सांसदको समर्थनमा शनिवार मुख्यमन्त्री बनेका कार्कीले कांग्रेसका शमशेर राई र एमालेका राम राना मगरलाई मन्त्री बनाइसकेका छन् । उनले बुधवार विश्वासको मत लिँदै छन् । सोमबार बसेको माओवादी केन्द्र प्रदेश समन्व्य समिति बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको हो । माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले केदार कार्कीलाई विश्वासको मत दिने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...