कोशीमा मुख्यमन्त्रीसँगै एमाले र कांग्रेसका एक-एकजना मन्त्रीको शपथ



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शपथ लिएका छन् । उनलाईं प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनीयताको शपथ गराए । सुरूमा एमालेबाट २ जना र कांग्रेसबाट १ जनालाई मन्त्री नियुक्त गर्ने तयारी थियो । तर, केदार कार्कीलाई साथ दिएका सांसदमध्येबाट २ जनालाई बनाउनुपर्ने भएपछि आज मुख्यमन्त्रीसहित दुवै पक्षबाट १. १ जनाको मात्र शपथ गराइएको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीबीचको छलफलमा एमालेबाट २ जना मन्त्रीको शपथ गराउने तयारी थियो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की डा। शेखर कोइराला र केपी ओलीलाई भेटेर आएपछि एमालेबाट आजै २ जना मन्त्री बनाउने तयारीमा थिए । एमालेबाट राम राना र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी भएको भए पनि रानालाई मात्रै शपथ गराइएको छ । कांग्रेसबाट शम्सेर राई मन्त्री नियुक्त भएका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...