बागमती प्रदेशमा इन्द्र बानियाँसहित कांग्रेसका २० सांसद फरक कित्ता



 

 

संविधानको धारा १६८ ९५ अनुसार कांग्रेसबाट विद्रोह गरेर कोशीका केदार कार्की मुख्यमन्त्री भएसँगै अब त्यसको बाछिटा अन्य प्रदेशमा पनि देखा पर्ने सङ्केतहरू देखिन थालेको छ । अन्य प्रदेशमा पनि असन्तुष्ट पक्षहरूले सरकार गठनको प्रक्रिया थाल्न सक्ने सम्भावनाका खेलहरू हुने अनुमान गर्न सकिन्छ । १ सय १० जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा पनि कोशीको प्रभाव देखिन सक्ने यहाँका सांसदहरूले बताउन थालिसकेका छन् । अहिले बागमती प्रदेश सरकार माओवादी नेतृत्वमा रहेको छ । बागमतीमा सबैभन्दा ठूलो दलको हैसियत बनाएको नेपाली कांग्रेसले ६ वटा मन्त्री लिएर तेस्रो शक्तिको रूपमा रहेको माओवादी केन्द्रलाई सरकारको नेतृत्व सुम्पेको छ । तर, कांग्रेसभित्र शालिकराम जम्कट्टेल सरकारको तीव्र आलोचनाहरू भइरहेको सन्दर्भमा कोशीको अर्को रूप बागमती पनि बन्न सक्ने आङ्कलन हुन थालेको हो ।

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँको संसदीय नेता चुनावदेखिको टकराव कांग्रेस बागमती अझै छ । लामाले आफूखुसी मन्त्री नियुक्त गरेको विषयमा कांग्रेसमा ठूलै रडाको मच्चिएको थियो । कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्लेको राजीनामा पनि सोही कारण आएको कांग्रेसभित्र चर्चा छ । पछिल्लो समयमा कांग्रेस संसदीय दलका बानियाँको बढ्दो प्रभावले लामालाई समस्यामा पार्न थालेको चर्चाबिच कोशीमा देखिएको सत्ता समीकरणले बागमतीमा छाल ल्याइएको थियो । बागमतीमा सरकार गठनको समस्यालाई माओवादीले राम्रोसँग आङ्कलन गरिसकेको छ । करिब एक सय दिन एउटा मन्त्रीलाई विनाविभागीय बनाइदिएको आरोप जम्कट्टेलले खेप्दै आएका छन् । यता कांग्रेसभित्रै आफू प्रतिपक्षको भूमिकामा रहेका बानियाँले सार्वजनिक रूपमै बताउने गरेका छन् । बानियाँ निकटका सांसदहरुलाई लामाले हेर्ने दृष्टिकोणले यस्तो भएको हो । यस्तो बानियाँ निकटका सांसदहरूले कोशीको जस्तो कदम चाल्न सकिने बताउन थालेका छन् ।

हाल बागमतीमा कांग्रेसका ३७ सांसद छन् । लामाले २१ मत प्राप्त गर्दै संसदीय दलमा विजयी बन्दा बानियाँको पक्षमा १६ मत आएको थियो । तर स्थिति अहिले त्यस्तो नरहेको बानियाँनिकट सांसदहरूको दाबी छ । ‘त्यो बेलाको अवस्था र अहिलेको अवस्थामा धेरै फरकपन आइसक्यो, यति बेला बानियाँको ग्रिपमा संसदीय दल छ’, बानियाँ निकट एकजना नेताले भने । यसो हुँदा बानियाँ संसदीय दलमा हाबी हुन सक्छन् । चालू आर्थिक वर्षको बजेटमा पनि बानियाँ पक्षको सांसदहरूले हालेका योजनाहरू नपरेको गुनासो खेप्दै आएको जम्कट्टेल र लामालाई कोशीको नयाँ राजनीतिक ‘कोर्स’ ले झस्काउन सक्ने आङ्कलन सुरु भैसकेको छ । हाल बागमतीमा कांग्रेसको ३७, माओवादी २१, एकीकृत समाजवादी ७ सिटसहितको सरकार छ । २ सीट रहेको हाम्रो नेपाली पार्टी सरकारलाई समर्थन गरेको छ । बागमतीमा एमाले २७ सीट एमालेको छ भने राप्रपा १३ र नेमकिपा ३ सीटसहित प्रतिपक्षको भूमिकामा छन् । तर कांग्रेसमा विद्रोह भएको अवस्थामा करिब २० सांसदहरू बानियाँको पक्षमा खुल्न सक्ने सम्भावना देखिन्छ । यसो हुँदा नयाँ समीकरणको सरकारको सम्भावना खुल्ला रहेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गरौँ : भीम रावल

     नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको प्रतिवाद गर्न

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री नजाने

     प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी

तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट