प्रचण्ड सरकारको आयु बढीमा २ महिना : एमाले उपाध्यक्ष पाण्डे



 

 

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान सरकारको आयु मंसिरसम्म मात्रै भएको टिप्पणी गरेका छन् । कोशीमा भएको नयाँ सत्ता समीकरणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु बढीमा २ महिना रहेको उनको भनाई छ । रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले भने, ‘अहिले जुन परिस्थिति कोशीमा देखिएको छ । यसले के संकेत गरिरहेको छ भने । १, २ महिनाभित्रमा अहिलेको सरकार बदलिएर नयाँ राजनीतिक समीकरणमा जान्छ भन्ने मैले देखिरहेको छ । मंसिरसम्म यो सरकारको आयु २ महिना राखिदिए हुन्छ । संघीय सरकारको समीकरण परिवर्तनको सवालमा आफूले सुनेको भरमा अभिव्यक्ति दिएको नभई केही तथ्य र सूचनाहरू प्राप्त गरेको उनले दाबी गरे । शनिबार मात्रै कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता केदार कार्की विद्रोह गर्दै नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले आइतबार पद तथा गोपनीयताको शपथ लिने छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गरौँ : भीम रावल

     नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको प्रतिवाद गर्न

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री नजाने

     प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी

तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट