कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्न ४८ सांसदको हस्ताक्षर



 

 

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्न दबाब दिन कोशी प्रदेशका ४८ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित हुने भएका छन् ।  नेकपा एमालेका ३९ र काङ्ग्रेसबाट विद्रोह गरेका ९ जना प्रदेश सभा सदस्य सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले आज ५ बजेपछि नियुत्तीको प्रक्रिया सुरु गर्ने भनेकाले दबाब दिन सशरीर नै उपस्थित हुन लागेको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए । बिहीबार साँझ कोशी प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेश सभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा ४७ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

दाबी पेश गरे पनि अहिलेसम्म मुख्यमन्त्रीमा नियुक्त नगरेपछि सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा स शरीर उपस्थित हुने तयारी गरेका हुन् । नेकपा एमालेका ३९ जना प्रदेश सभा सदस्य सहित नेपाली काँग्रेसका ९ जना प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी भएको भण्डारीले जानकारी दिए । असोज २० गते प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीकोलागि आधार सहित दाबी प्रस्तुत गर्न २६ गते साँझ ५ बजेसम्मको समय दिएका थिए । त्यो समय भित्र दाबी प्रस्तुत गरेका कार्कीको तर्फबाट ४७ जना सांसदहरू सहित नै प्रदेश प्रमुखकोमा प्रमाणको रूपमा प्रस्तुत हुने भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गरौँ : भीम रावल

     नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको प्रतिवाद गर्न

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री नजाने

     प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी

तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट