एमाले मधेसको अध्यक्षमा चन्देश्वर मण्डलसहित सबै पदाधिकारी सर्वसम्मत



हाम्रो इकोनोमि

 

नेकपा एमाले मधेश प्रदेश अधिवेशनबाट पदाधिकारी सर्वसम्मत चयन गरिएको छ । अध्यक्षमा चन्देश्वर मण्डल चयन भएका हुन् । उपाध्यक्षमा विचारी यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), सह-सचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कैस (धनुषा) सर्वसम्मत चयन भएको नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवले जानकारी दिए । पदाधिकारीमा लगभग हिजै सहमति जुटेको थियो । तर, सचिवमा विवाद भएपछि शिवशंकर साह ‘हीरा’ को स्थानमा मनोजलाई ल्याएर सहमति जुटाइएको छ । शिवशंकरलाई अध्यक्षका लागि एमाले सचिव रघुवीर महासेठले अगाडि सारेका थिए । तर, उनी सचिवसमेत बन्न पाएनन् ।

पदाधिकारी सर्वसम्मत भएपनि निर्वाचन कार्यक्रम अनुसार प्रक्रिया पूरा गरी घोषणा गरिनेछ । सदस्यमा भने विवाद हुने देखिएको छ । अहिले सदस्य पदका लागि उम्मेदवारी दर्ता सुरू भएको छ । उम्मेदवारी दिन नेताहरूबीच तछाडमछाड देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...