कोशीमा तटस्थ बस्ने राप्रपाको निर्णय, मुख्यमन्त्रीमा कसैको पक्ष नलिने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्रीमा कसैको पक्ष नलिने भएको छ ।  आज बसेको पदाधिकारी बैठकले पार्टीको समर्थन कसैलाई पनि आवश्यक नपरेकाले अहिले तटस्थ बस्ने निर्णय लिएको हो । बैठकपछि पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राप्रपाले कोशी प्रदेशको विषयमा गम्भीर समीक्षा गरेको बताए ।

उनले भने, ‘घटनाक्रमलाई हामी नजिकबाट नियालिरहेका छौं । दुईजनाले ४७/४७ जनाको हस्ताक्षर बुझाउनुभएको छ । हामीले कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता देखिएन । आवश्यक परेको बेलामा फेरि निर्णय लिन सकिन्छ । कोशीमा सत्तारुढ गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...