नेकपा एमाले मधेश प्रदेश अधिवेशनको बन्दसत्र सुरु



 

 

नेकपा एमाले मधेश प्रदेश अधिवेशनको बन्दसत्र सुरु भएको छ । महाधिवेशन प्रतिनिधि र नेताहरू खाना खाएर बन्दसत्रमा गएका हुन् । बुधवार महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरे । बुधवार राति ८ बजे नै बन्दसत्र हुने भनिएको थियो । तर बन्दसत्र अघि प्रदेश नेतृत्वमा सहमति गर्ने प्रयासमा लागे । सहमति जुटाउने प्रयास विफल भएपछि बन्दसत्र सुरु गरिएको छ । प्रदेश अध्यक्षका लागि आधा दर्जन बढी आकांक्षी रहे पनि अहिले चार जनाको नाम मात्र चर्चामा छन् । जसमध्ये धनुषाकै तीन नेता लक्ष्मीनारायण यादव, शिवशंकर साह ‘हिरा’ र राजकिशोर यादव ‌। यस्तै सिरहाका चन्देश्वर मण्डल पनि बलिया दाबेदार छन् । प्रदेशमा एमालेभित्र अहिले दुई गुट देखिएको छ, सरोज यादव र रघुवीर महासेठ । तर एमाले नेता लीलानाथ श्रेष्ठ पनि उम्मेदवार खडा गरेपछि तीन गुट देखिन्छ ।

सरोजले लक्ष्मीनारायण र लीलानाथले चन्देश्वरलाई प्रदेश अध्यक्ष बनाउन चाहेका छन् । रघुवीरले शिवशंकर साहलाई सुरुमा अघि सारे । तर उनी कमजोर देखिएपछि अब राजकिशोरको पक्षमा माहोल बनाउन सुरु गरेको बुझिएको छ । प्रदेशमा रघुवीरलाई हाबी हुन नदिने पक्षमा सरोज खडा देखिन्छन् । त्यसैले कुनै पनि हालतमा रघुवीरले चाहेका व्यक्तिलाई प्रदेश अध्यक्ष बनाउन नदिने पक्षमा सरोज रहेको एक नेताले सुनाए । ती नेताले भने, हिजोसम्म फरक परिस्थिति थियो । आज परिस्थिति बदलिएको छ । सरोजले अघि सारेका लक्ष्मीनारायणमा सहमति नजुटे उनले चन्देश्वरलाई स्वीकार्ने अवस्था आएको छ ।’ उनले सहमतिको प्रयास अझै जारी रहेको तर सहमति जुट्ने सम्भावना कम रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
तथ्य र प्रमाण हेरेर अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधिक कार्यको अनुसन्धान मुख हेरेर नभई

पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गरौँ : भीम रावल

     नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको प्रतिवाद गर्न

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री नजाने

     प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी

तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको