अर्थतन्त्र सुधार तत्काल सम्भव छैन : चन्द्र ढकाल



हाम्रो इकोनोमि

 

 

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सानोतिनो परिवर्तनले अर्थतन्त्रको सुधार सम्भव नभएको बताएका छन् । महासंघद्वारा आयोजित राष्ट्रिय आर्थिक बहसमा उनले शेयर बजार लक्षित केन्द्रीय बैंकको नीतिलगत्तै घटेको बजारले पनि यसलाई पुष्टि गरेको उल्लेख गरे ।

हामीले समयमा सही नीति लिन सकेनौं । अब टालटुले नीतिले तत्काल सुधार सम्भव छैन’, ढकालको भनाइ थियो । नेपालको वर्तमान अर्थतन्त्र संवेदनशील मोडमा रहेको बताउँदै उनले केही आँकडासमेत प्रस्तुत गरेका छन् । बैंक वित्तीय संस्थाहरूसँग करिब ५ खर्ब रूपैयाँ लगानी गर्न सक्ने रकम छ । आपूर्ति अधिक हुँदा व्याज घटेर उद्यमी व्यवसायीले रकमको माग गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको टिप्पणी गरे ।

‘रेमिट्यान्स हालसम्मकै उच्च अर्थात् महिनामै १ खर्ब १६ अर्ब रूपैया भित्रिएको छ । यसले न बजारमा माग बढाएको छ न औपचारिक रुपमा आयात नै उच्च भएको छ । यी र यस्ता विरोधाभाषपूर्ण तथ्यांक अहिलेको अर्थतन्त्रमा देखिएको छ’, ढकालले भने । अध्यक्ष ढकालले लगानी, उत्पादन, रोजगारी, राजश्व र वृद्धिको मुख्य स्रोत निजी क्षेत्र भएपनि मौद्रिक नीतिले यो क्षेत्रलाई निराश बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...