परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत हनान गोडबीच छलफल



हाम्रो इकोनोमि

 

परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् । दुईजनाबीच आइतबार परराष्ट्रमन्त्रालयमा छलफल भएको हो । मन्त्री साउदले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणबारे कुराकानी गरेका छन् । सो क्रममा साउनले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे चासो राखेका थिए । जवाफमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ । इजरायलको कठिन समयमा नेपालले देखाएको सहानुभूतिप्रति राजदूतले नेपाल सरकारलाई धन्यवाद दिएको परराष्ट्रले जनाएको छ ।

साथै  इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे परराष्ट्रमन्त्री एनपी साउदले आइतबार सदनलाई जानकारी गराएका छन् । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमा आक्रमण गरेको थियो । इजरायलमा चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र दुई सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको परराष्ट्र मन्त्री साउदले बताए ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...