इन्जिनियरिङको स्नातक तहको शुल्क नबढ्ने, असोज २२ देखि प्रवेश परीक्षा



हाम्रो इकोनोमि

 

 

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८०/२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना लिने भएको छ । संस्थानले प्रवेश परीक्षा सम्बन्धी सूचना जारी गर्दै पुरानै शुल्कमा भर्ना लिने जनाएको छ । संस्थानका अनुसार २२ असोजदेखि प्रवेश परीक्षा सञ्चालन हुनेछ ।

बी.ई/बी.आर्कसमेत इन्जिनियरिङको स्नातक तहका कार्यक्रमहरुमा संस्थानका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा पुरानै शुल्कमा विद्यार्थी भर्ना गरिने संस्थानले सोमबार जारी गरेको सूचनामा उल्लेख गरेको छ । अब विद्यार्थीहरुले यस वर्ष पूर्ण शुल्कतर्फ त्रिविको आंगिक क्याम्पसमा ३ लाख १८ हजार रुपैयाँमा नै इन्जिनियरिङ पढ्न पाउनेछन् । त्यसका लागि प्रवेश परीक्षाको फारम भर्ने समय असोज १७, १८ र १९ गते पनि तोकिएको छ । यसअघि फारम भरेकाहरुले भने फेरि फारम भर्नुपर्ने छैन । संस्थानले पूर्ण शुल्कतर्फ ३ लाख १८ हजार रुपैयाँ रहेको अध्ययन शुल्क बढाएर ७ लाख ७५ हजार पु¥याउने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन भएको थियो ।

विद्यार्थीको आन्दोलनपछि इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयले बढेको शुल्क फिर्ता लिई शुल्क पुनरावलोकनका लागि पुल्चोक क्याम्पसका सह–प्राध्यापक डा. हरिराम पराजुलीको संयोकत्वमा ११ सदस्यीय समिति बनाएको थियो । उक्त समितिले भदौ २६ गते नै स्नातक तहको शुल्क ५ लाख ५४ हजार बनाउन लगायतको तीन बुँदे सुझाव प्रतिवेदन बुझाएको थियो । पुरानै शुल्कमा विद्यार्थी पढाउन नसक्ने भन्दै पुल्चोक, थापाथली, पूर्वाञ्चल र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस प्रमुखहरुले विज्ञप्ति निकालेका थिए । भदौमा तोकिएको प्रवेश परीक्षा शुल्क विवादको कारण स्थगित भएको थियो ।

लामो समयसम्म प्रवेश परीक्षा नलिएर विद्यार्थीलाई समस्यामा पार्न खोजिएको र क्याम्पस प्रमुखहरुले पुरानै शुल्कमा पढाउन नसक्ने भए स्ववियुलाई जिम्मा दिन भन्दै पुल्चोक, थापाथली र पूर्वाञ्चल इन्जिनियरिङका स्वतन्त्र विद्यार्थी युनियनले १६ असोजमा विज्ञप्ति जारी गरेर दबाब दिएका थिए । संस्थान अन्तर्गत पुल्चोक क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा र चितवन इन्जिनियरिङ क्याम्पस गरी पाँच आंगिक क्याम्पस र विभिन्न सम्बन्धन प्राप्त कलेजमा इन्जिनियरिङ पढाइ हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...