लगातार आठौं दिन पनि घट्यो सुनको मूल्य



हाम्रो इकोनोमि

 

 

सुन र चाँदीको मूल्य मंगलबार पनि घटेको छ । लगातार आठौं दिन घट्दा छापावाल सुनको मूल्य एक लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ । मंगलबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । सोमबार एक लाख ७ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । यस्तै,आज तेजावी सुनको मूल्य एक लाख ६ हजार ७ सय र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १३ सय १० रुपैयाँले कायम भएको छ । हिजो एक लाख ७ हजार ४ सय रुपैयाँमा तेजावी सुन र १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

 

८ दिनमा साढे ५ हजारले घट्यो

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार असोज ८ यताको ८ दिनमा सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले घटेको छ । असोज ८ गते एक लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता हरेक दिनजसो घटेर एक लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ । यस्तै, चाँदीको मूल्य पनि ८ दिनमा तोलामा १२० रुपैयाँले घटेको छ । ८ असोजमा १४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १६ अजोजमा आइपुग्दा १३ सय १० रुपैयाँ कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन चाँदीको मूल्य घट्नुको कारण अन्तर्राष्ट्रिय बजार मूल्य नै हो । डलरको मूल्य मजबुत बन्दा सुन बिक्री गरेर लगानी डलरतिर सरेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् । डलर मजबुत भएसँगै यूरोपका ठूला देशहरुले बैंकमा ब्लकमा राखेका सुनहरु बेचेर डलरमा लगानी गर्न थालेको उनको भनाइ छ ।पछिल्लो ११ दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १०३ डलरले घटेको छ । ५ असोज २०८० (८ अक्टोबर) मा १९२४ प्रतिऔंसमा कारोबार भएको सुनको मूल्य १६ असोज (३ अक्टोबार) मा आइपुग्दा १८२१ डलरमा झरेको छ । सुनको मूल्य अझै घट्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...