एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी



हाम्रो इकोनोमि

 

 

एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याउँदा ढकाल ४३९ मतमा रोकिए । प्रदेश अध्यक्षमा विजयी भएसँगै खतिवडाले मोरङको पाँचौ जिल्ला अधिवेशनमा हारेको बदला लिएका छन् । सो अधिवेशनमा ढकालले खतिवडालाई हराएका थिए । यसपछि उनीहरूबीचमा प्रतिस्पर्धा भएको थिएन । खतिवडा मदन भण्डारीसङ काम गरेका नेता भए पनि एमालेको प्रमुख नेतृत्वमा आएका थिएनन् । मोरङको साविक लेटाङ गाविसको अध्यक्ष भएका खतिवडा २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । उनले कांग्रेसका डिकबहादुर लिम्बूलाई पराजित गरेका थिए । २०७९ को निर्वाचनमा भने उनी लिम्बूसँगै पराजित भएका थिए । एमाले कोशी अधिवेशनमा कूल ९९७ प्रतिनिधिमध्ये ९७७ मत खसेको थियो । प्रदेश सचिवमा राजकुमार भण्डारी र उपसचिवमा जलवर्षा राजवंशी साथै देवान राई विजयी भए ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...