ललिता निवासको फाइल फेरि खुल्छ : पीएस गुरुङ



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरेको आरोप लगाएका छन् । एमाले गण्डकी प्रदेशको अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सरकार टिकाउनकै लागि अपराधीसँग सम्झौता गरेको बताए । उनले भने, ‘कांग्रेस शोसक, कमिसनखोर र भ्रष्टाचारीहरुको पार्टी हो । आज प्रचण्ड सरकारमार्फत् कमिसनखोर र तस्करहरु समातेको नाउमा कमरेड प्रचण्डले माधव नेपालसँग म्याच फिक्सिङ गरे । यो मुलुकको प्रधानमन्त्रीसँग शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरे । हामी सबैलाई थाहा छ । अनुसन्धानको सुइरो एउटा पूर्वप्रधानमन्त्रीको पत्नीतर्फ फर्किन्छ अनि सरकार चुप लागेर बस्छ । सरकार टिकाउन अपराधि लुकाउने कुरामा सम्झौता गरेर सरकार चलिरहेको छ । उनले अहिले सरकारले भ्रष्टाचार विरोेधी अभियानको नाममा नौटंकी गरिरहेको टिप्पणी गरे । उनले माधवको पार्टी धेरैदिन नटिक्ने दाबी गर्दै एमालेमा प्रवेश गर्नसमेत आग्रह गरे । उनले ललिता निवास प्रकरणको फाइल फेरि खुल्ने दाबी गरे । उनले भने, ‘लतिला निवास प्रकरणमा छानबिनको ढोका बन्द भएको होइन। यो जनताले फेरि उठाउँछन् । बाबुराम भट्टराई होस् कि माधव नेपाल । जनताको छानविनको कठघरामा उहाँहरु उभिनैपर्छ । उनले अहिलेको गठबन्धन फुटाएर सरकार परिवर्तन नगरी अहिलेको विकृति अन्त्य नुहुने बताए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...