एमाले कोशी प्रदेशको चुनाव : पदाधिकारीमा प्यानल नै बनाएर उम्मेदवारी



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा उपाध्यक्षबाहेक पदाधिकारी सबै दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । पार्टी नेतृत्वले प्यानल बनाउन निषेध गरेकोमा यहाँ पनि पदाधिकारीसहित प्यानल बनाएर उम्मेदवारी दर्ता भएको हो । प्रदेश अध्यक्षका लागि मोरङका विनोद ढकाल र घनश्याम खतिवडा मैदानमा छन् । उपाध्यक्षमा भने टीकाराम चेम्जोङ्गको मात्रै उम्मेदवारी परेको हो । एकजनाको मात्रै उम्मेदवारी दर्ता भएकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सचिवमा उदयपुरका शैलेश लामा, पाँचथरका राजकुमार भण्डारी र झापाका हीरा थापाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले बताए । २ जना चाहिने उपसचिवका लागि चारजना प्रतिस्पर्धामा छन् । उपसचिवमा एक महिला र ३ जना पुरुषको मनोनयन दर्ता भएको छ । झापाकी जलवर्ष राजवंशी, संखुवासभाका भविश्वार गुरुङ, मोरङका खेम नेपाली र खोटाङका देवान राईले मनोनयन दर्ता गराएका छन् ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ । सदस्यका लागि भने भूगोलअनुसार मनोनयन दर्ता भएकाले तथ्यांक निकाल्ने काम भइरहेको छ । उम्मेदवारको दाबी विरोध गर्ने समय सकिएर बिहान ९ बजेसम्म मनोनयन फिर्ताको समय दिइएको छ । मध्यान्ह १२ बजेदेखि मतदानको तयारी गरिएको प्रमुख निवाचन अधिकृत आचार्यले बताए ।

शुक्रबार उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीदेखि शीर्ष नेताले सहमतिमा नेतृत्व चयन गर्न नसकिए प्यानल नबनाई स्वस्थ्य प्रतिस्पर्धा गर्न निर्देशन दिएका थिए । तर, यहाँ अघोषित प्यानल बनाइएको छ । सचिवमा खतिवडाको प्यानलमा राजकुमार भण्डारी र ढकालको प्यानलमा शैलेस लामा छन् । उपाध्यक्ष चेम्जोङ्गलाई भने दुवै पक्षले आफ्नो प्यानलको दाबी गर्दै आएका छन् । उनी सुरूमा ढकालतिर खुलेका थिए । उपसचिवमा जलवर्षा राजवंशी खतिवडा पक्षमा देखिए पनि अन्य तीन उपसचिव खुलेका छैनन् । अहिले पनि आ(आफ्नो प्यानलमा तान्ने र एकजनाको मनोनयन फिर्ता गर्न लगाउने प्रयास जारी छ ।

प्रतिक्रिया दिनुहोस
एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...