देशको समस्या समाधान गर्ने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको देशको समस्या समाधानको अभिभारा नेकपा एमालेका काँधमा रहेको बताउनुभएको छ । नेकपा एमाले वाग्मती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई आज भृकुटीमण्डप, काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभिभारा नेकपा एमालेको काँधमा रहेको बताउनुभयो । एमालेको वाग्मती प्रदेश अधिवेशन पार्टी र देश विरुद्धको घेराबन्दी तोड्न सफल हुने ओलीले विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘मिसन २०८४ लाई कसरी पूरा गर्छौं भन्ने कुरामा यो अधिवेशन ऐतिहासिक हुने छ । नेकपा एमाले समाज रूपान्तरण र विकास, राष्ट्रियताको रक्षा लगायतका विषयमा सदैव गम्भीर रहेको बताउनुभयो। एमालेले राष्ट्रिय शक्ति र राष्ट्रिय भावनाको प्रतिनिधित्व गर्दै आएको उहाँले दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले वाग्मती प्रदेशलाई समृद्ध बनाउन एमाले वाग्मती प्रदेशले त्यसै अनुसारको नेतृत्व दिने पर्ने बताउनुभयो । समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षालाई पूरा गर्न वाग्मती प्रदेशले महत्त्वपूर्ण भूमिका खेल्ने ओलीले विश्वास व्यक्त गर्नुभयो । नेकपा एमाले विचार, नीति र उद्देश्य सहितको पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘आज विचारमा कुनै द्विविधा छैन नेकपा एमाले भित्र । वाग्मती सभ्यता विश्वकै नमुना र ऐतिहासिक स्थल भएको ओलीले बताउनुभयो । नेपाल प्राकृतिक हिसाबले सुन्दर मात्र होइन विकास र समृद्धिको समेत उद्गमस्थल भएको ओलीले बताउनुभयो । यस्तो सभ्यता बोकेको ठाउँ गरिब र अशिक्षित हुनु नहुने र त्यो कुरा नेकपा एमालेलाई मञ्जुर नरहेको र यसलाई सुधारेरै छाड्ने उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...