कांग्रेसले देश विकासको स्पष्ट खाका केन्द्रीय समितिमा ल्याउनुपछ : विनोद चौधरी



 

 

जारी केन्द्रीय कार्य समिति बैठकमा आइतबार आफ्नो धारणा राखने क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले पार्टीले देश विकासको स्पष्ट खाका तयार गर्नुपर्नेमा जोड दिएका छन् । चौधरीले राजनीतिक विषयले मात्रै मुलुक बन्न नसक्ने दाबी गर्दै पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने बताए । बैठकमा चौधरीको प्रश्न थियो, ‘यो पार्टीको अबको दश वर्षको देश विकासको दृष्टिकोण के हो  ? हाम्रो विकासको खाका कस्तो हुने हो रु त्यसको कुनै आधिकारिक दस्तावेज पार्टीको केन्द्रीय समितिबाट पारित भएको जानकारी मलाई छैन । देशभित्र र  देशबाहिर रहेका नेपालीहरुले हामीलाई हेरिरहेका छन् । यो पार्टीले राजनीतिको कुरा मात्रै गर्छ  कि विकासको पनि कुरा गर्छ  ?  देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनु पर्दैन ? उनले पार्टीको केन्द्रीय समिति बैठकमा विकास र आर्थिक एजेण्डामा छलफल गर्नुपर्ने माग गरे । चौधरीले अर्को बैठक अर्थतन्त्रको एजेण्डामा केन्द्रित हुनुपर्ने समेत बताए । चौधरीले भने, ‘विकास निर्माणका कामहरु ठप्प भएका छन् । उद्योगधन्दाहरु ठप्प छन् । उद्यमीको मर्म हामीले बुझ्न नसक्ने हो भने नेपाल बाहिर रहेका युवाहरुलाई पार्टीसँग जोड्न नसक्ने हो भने आगामी दिन झनै कठिन हुने देखिन्छ । म आग्रह गर्न चाहन्छु कि फराकिलो दृष्टिकोणले यो पार्टीलाई पुननिर्माण गर्ने तरिकाले आउने केन्द्रीय समिति बैठकले आर्थिक विकासका मुद्धा, नेपालबाहिर रहेका नेपालीलाई स्वदेश फर्काउने मुद्धालाई, रोजगारको वातावरण सिर्जना गर्ने मुद्दामा छलफल हुनुपर्छ ।

उनले पार्टीमा संघर्ष गरेका, जेलनेल भोगेका नेताहरुसँगसँगै मुलुकलाई योगदान दिन सक्ने क्षमतावान व्यक्तिहरुलाई पनि अवसर दिनुपर्ने धारणा राखे । अबको निर्वाचनमा २० लाख मतदाता थपिने भन्दै चौधरीले सर्वोच्च अदालतको निर्देशन अनुसार प्रवासमा रहेका नेपालीलाई पनि समेट्दा यो संख्या झण्डै ५० लाख हुने भएकाले नयाँ सोच बोकेको कांग्रेस आवश्यक रहेको बताए । उद्योगपति समेत रहेका नेता चौधरीले केहि गर्न खोज्ने, सक्षम अनुभवी र विज्ञहरुलाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’का नाममा पाखा लगाइने गरेकोमा असन्तुष्टि व्यक्त गरे । उनको भनाई छ, ‘जीवनभर राजनीति गर्ने मान्छेलाई मात्रै विकास गर्न सक्छ भन्ने दृष्टिकोणलाई अगाडि ल्याइन्छ । मलाइ लाग्छ, यो मानसिकतामा परिवर्तन ल्याउन सकेनौं भने आगामी दिनमा झन् कठिनाई हुन्छ । कांग्रेस केन्द्रीय समिति बैठक असोज ४ गतेदेखि जारी छ ।

प्रतिक्रिया दिनुहोस
राज्य व्यवस्था समितिमा अख्तियार प्रमुख प्रेमकुमार राईको यस्तो गुनासो

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अहिलेसम्म सरकारले १००

रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान गर्न आग्रह

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसदीय समितिमा पार्टी सभापति रवि लामिछानेलाई

तथ्य र प्रमाण हेरेर अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधिक कार्यको अनुसन्धान मुख हेरेर नभई

पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गरौँ : भीम रावल

     नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको प्रतिवाद गर्न