महिला अघि बढ्नु भनेको पुरुष पछि पर्नु होइन : उपमेयर डंगोल



हाम्रो इकोनोमि

 

 

 

काठमाडौं महानगरकी उपमेयर सुनीता डंगोलले महिला र पुरुष सँगसँगै अघि बढे मात्र पार्टी अध्यक्ष केपी शर्मा ओली तथा नेकपा एमालेले देखेको ‘समृद्ध नेपाल सुखी नेपाल’ सपना पूरा हुने बताएकी छन् । नेपाल कम्यूनिष्ट पार्टी काठमाडौं महानगरपालिकाको जनसंठन अखिल नेपाल महिला संघको पहिलो अधिवेशनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएकी हुन् । महिला अघि बढ्नु भनेको पुरुषलाई पछि पार्नु नभएको बताउँदै उनले भनिन्,‘ हाम्रा पार्टीका श्रद्धेय अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेले देखेको समृद्ध नेपाल सुखी नेपालीको नारा महिला र पुरुष सँगसँगै एकजुट भएर अघि बढ्यो र एकअर्कालाई साथ दियौँ भने मात्र बल्ल यथार्थमा बदलिन्छ । युवा पुस्तालाई पनि सँगसँगै लिएर एकजुट भएर अघि बढ्ने हो भने नेकपा (एमाले)लाई अझ सशक्त बनाउन सकिने उनले बताइन् । यस्तै, काठमाडौं महानगरपालिका इन्चार्ज तथा पूर्वमन्त्री रामेश्वर फुयालले महिलाहरु गर्भदेखि चिहानसम्म अझै विभेदमा रहेको बताउँदै सोको अन्त्यका लागि महिला सशक्तीकरणको मुद्दा नेकपा एमालेले मूल मुद्दाको रुपमा उठाएको बताए ।

उनले भने, ‘ नेपालमा अझै बोक्सी लाग्दैछ, छाउपडी प्रथा अझै छ, सामन्तवादका धेरै अवशेष बाँकी छन् । उनले नेकपा एमालेले गास, बास,शिक्षा र स्वास्थ्यमा सुधारका लागि आर्थिक, सामाजिक र सांकृतिक क्रान्तिमार्फत् समुन्नत नेपाल बनाउने बताए । अधिवेशनमा बाजाँगाजसहित महिलाको बाक्लो उपस्थिति थियो । साथै विभिन्न झाँकी प्रस्तुत गरिएको थियो । झाँकी शान्तिबाटिका सुरु भएको ¥याली रत्नपार्क, बागबजार, पुतलीसडक, पद्यमोदय विद्यालय, प्रदर्शनमार्ग राष्ट्रिय सभागृहमा पुगेको थियो । ¥यालीमा उपस्थित महिलाले ‘महिला हिंसा अन्त्य गर्’, छुवाछुत तथा भेदभावविरुद्धको हक सुनिश्चित गर्’, भ्रष्टचारीलाई कारबाही गर्’, संविधानलाई कार्यान्वयन गर’, बढ्दो महंगी नियन्त्रणजस्ता नारा तथा प्लेकार्ड प्रस्तुत गरेका थिए । काठमडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले अखिल नेपाल महिला संघले नेपालको राजनीतिक इतिहस परिवर्तनमा अहम भूमिका खेलेको बताउँदै एकै रथका दुई पांग्रा मानिने पुरुष र महिला सँगसँगै भए मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा हुने उनको भनाइ थियो । काठमाडौं महानगर इन्चार्ज तथा पूर्वमन्त्री आन्द पोखरेल, काठमाडौं महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्य, नेकपा केन्द्रीय सदस्य तथा पूर्वसांसद नारायण सिलवाल,काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला, काठमाडौं जिल्ला सचिव राजेश शाक्यलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...