एमाले बागमती अघिवेशन : एक हजार ८० जना प्रतिनिधि हुने



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा आवासको ब्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने भएको छ । अधिवेशनको तयारीको सन्दर्भमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केशव पाण्डेले यस्तो जानकारी दिनुभएको हो ।  एमाले बागमतीको अधिवेशन यही असोज ८ र ९ गते काठमाडौंमा हुँदैछ । अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिको सहभागिता रहने छ । ‘अधिवेशनमा आवासको व्यवस्था प्रतिनिधि स्वयंले गर्नुपर्ने छ,’ अध्यक्ष पाण्डेले भन्नुभयो ।

अधिवेशनका लागि भूगोल (स्थानीय तहबाट) १२५ जना बराबर १ जना प्रतिनिधि छनौट गरिएको जसमा एक तिहाइ महिला र १० प्रतिशत ४० वर्ष मुनिका युवाको सुनिश्चितता गरिएको थियो भने दलितको हकमा हरेक संघीय निर्वाचन क्षेत्रबाट ५० जना बराबर १ जना प्रतिनिधिको व्यवस्था गरिएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । यस्तै संगठनका हरेक विभागबाट १ जना, जनसंगठनहरुबाट पार्टी विधानको अनुसूची १) अन्तर्गतका जनसंगठनलाई ३ जना र २) अन्तर्गतका जनसंगठनबाट २ जनाका दरले ल्याइएको छ । यस्तै आएका जम्मा प्रतिनिधिबाट ५ प्रतिशतलाई मनोनीत गरिने छ । जसअनुसार कूल आएका प्रतिनिधि १०२८ र अब त्यसमा ५ प्रतिशत अर्थात ५२ जना मनोनीत थप गरिनेछ । प्रतिनिधिमा महिला एक तिहाई करिब ३५० जना, ४० वर्ष मुनिका युवा करिब १२० जना प्रतिनिधि रहनेछन । एमाले बागमतीले अधिवेशनमा कुल ७७ लाख खर्च हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...