एमाले बागमती अघिवेशन : एक हजार ८० जना प्रतिनिधि हुने



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा आवासको ब्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने भएको छ । अधिवेशनको तयारीको सन्दर्भमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केशव पाण्डेले यस्तो जानकारी दिनुभएको हो ।  एमाले बागमतीको अधिवेशन यही असोज ८ र ९ गते काठमाडौंमा हुँदैछ । अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिको सहभागिता रहने छ । ‘अधिवेशनमा आवासको व्यवस्था प्रतिनिधि स्वयंले गर्नुपर्ने छ,’ अध्यक्ष पाण्डेले भन्नुभयो ।

अधिवेशनका लागि भूगोल (स्थानीय तहबाट) १२५ जना बराबर १ जना प्रतिनिधि छनौट गरिएको जसमा एक तिहाइ महिला र १० प्रतिशत ४० वर्ष मुनिका युवाको सुनिश्चितता गरिएको थियो भने दलितको हकमा हरेक संघीय निर्वाचन क्षेत्रबाट ५० जना बराबर १ जना प्रतिनिधिको व्यवस्था गरिएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । यस्तै संगठनका हरेक विभागबाट १ जना, जनसंगठनहरुबाट पार्टी विधानको अनुसूची १) अन्तर्गतका जनसंगठनलाई ३ जना र २) अन्तर्गतका जनसंगठनबाट २ जनाका दरले ल्याइएको छ । यस्तै आएका जम्मा प्रतिनिधिबाट ५ प्रतिशतलाई मनोनीत गरिने छ । जसअनुसार कूल आएका प्रतिनिधि १०२८ र अब त्यसमा ५ प्रतिशत अर्थात ५२ जना मनोनीत थप गरिनेछ । प्रतिनिधिमा महिला एक तिहाई करिब ३५० जना, ४० वर्ष मुनिका युवा करिब १२० जना प्रतिनिधि रहनेछन । एमाले बागमतीले अधिवेशनमा कुल ७७ लाख खर्च हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...