ढुंगेललाई सर्वसम्मत अध्यक्ष बनाउने संकेत, उपाध्यक्षमा दावा दोर्जे लामाको उम्मेदवारी



 

 

नेकपा एमालेले बागमति प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेललाई संस्थागत रुपमा अघि सार्न गृहकार्य थालेको छ । लुम्बिनीको अधिवेशनमा अध्यक्ष पदका उम्मेदवारले पार्टीका पदाधिकारीको नाममा गुटबन्दी गरेपछि यसपटक संस्थागत रुपमै अघि बढाउन खोजिएको एमाले स्रोतले जनाएको छ । अध्यक्षका आकांक्षीहरुबीच छलफल गराएर कम्तिमा मुख्य पदमा सर्वसम्मत गर्न खोजिएका एक नेताले बताए । अध्यक्षमा सर्वसम्मत गरेर अन्य पदमा निर्वाचन खुला गर्ने तयारी छ । यदि अध्यक्षमा उम्मेदवारी नै परे पनि नेताका नाममा प्यानल बन्न नदिन संस्थागत निर्णय गर्न खोजिएको हो ।
बागमतिको अध्यक्षका लागि कैलाश ढुंगेल,कृष्ण प्रसाद दाहाल,सानुकुमार श्रेष्ठ र केशव पाण्डेको दावी छ । यीमध्ये पाण्डेबाहेक सबै केन्द्रीय सदस्य हुन् । पार्टी नेतृत्वको सिग्नल पाए पोलिटव्युरो तहकै नेताहरु अध्यक्षका आकांक्षी थिए,तर अब त्यो चरण सकिएको छ । एमाले स्रोतका अनुसार यसैसाता अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेताहरुसँग बागमतिको नेतृत्व चयनका विषयमा परामर्श गरेका थिए । प्यानलबन्दी र गुटबन्दी नहोस् भनेर अध्यक्षले मुख्य नेतृत्वमा सहमति गराउन खोजेको छलफलमा सहभागी नेताहरुले बताएका छन् ।

वागमतिमा सर्वसम्मति कायम गर्न जिम्मेवारी पाएका एक नेताले भने–पार्टीका शीर्ष नेताहरुको आशय कैलाश ढुंगेल भन्ने देखियो । लुम्बिनीमा जस्तो कुनै एउटा नेताका उम्मेदवार भन्ने अवस्था यहाँ नहोला । छलफलमा ईश्वर पोखरेल,बिष्णु पौडेल,शंकर पोखरेललगायत सबै नेताहरु अध्यक्षसँगै भएकाले कैलाशकै नाम टुंगिने देखियो । त्यस्तो हुँदा केन्द्रीय सदस्य पद पनि गुमाउन तयार भएर कोही उम्मेदवार नबन्ला । अरु बने पनि अर्थ हुन्न । अध्यक्ष ओलीले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष बिष्णु पौडेल,महासचिव शंकर पोखरेल,उपमहासचिव बिष्णु रिमाललगायतका नेताहरुसँग छलफल गरेका छन् । त्यस्तै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य,सुरेन्द्र पाण्डेलगायतकासँग पनि अध्यक्ष ओलीले वागमतिको अध्यक्षमा सर्वसम्मतिको खोजी गरेका छन् ।

कैलाश ढुंगेललाई पोलिटव्युरो सदस्य बनाउन नसकिएकाले यसपटक बागमतिको अध्यक्ष बनाएर न्याय गर्ने चाहना ओलीले राखेको नेताहरुको भनाइ छ । प्रदेश अध्यक्ष पोलिटव्युरो सरहको पद हो । ढुंगेलभन्दा जुनियर र समकक्षी नेताहरु पोलिटव्युरोमा समेट्दा उनी छुटेका थिए । बागमति प्रदेशका पूर्व अर्थमन्त्री ढुंगेल एमालेको तीन कार्यकाल रामेछाप जिल्ला प्रमुख भइसकेका नेता हुन् । दाबेदारमध्येबाट ढुंगेलको लागि सर्वसम्मति कायम गर्ने प्रयास भइरहेको बागमतिको अधिवेशनलाई व्यवस्थापन गरिरहेका एक नेताले बताए । अन्य पदमा भने चुनावकै सम्भावना बढी रहेको उनको भनाइ छ ।

त्यो संगै विभिन्न पदमा उम्मेदवारीको घोषणा भैरहेको छ । चितवनका लोकप्रिय नेताको छवि बनाउन सफल दावा दोर्जे लामाको नाम पनि उपाध्यक्ष पदको लागि चर्चामा छ । उनी निकट कार्यकर्ताले सामाजिक संजाल मार्फत पार्टी नेतृत्वले उचित मूल्यांकन गरिनू पर्ने भन्दै सामाजिक संजालमा व्यापक चर्चा भै गरिरहेका छन् । बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहदा उनले प्रदेशभरिका सबै नेता कार्यकर्ताहरू मात्र नभै जनमुखी उत्कृष्ट कार्यक्रम ल्याई लोकप्रिय नेताको रूपमा आफूलाई स्थापित गरेका हुन् ।

 

 

निरंकुश पंचायती व्यवस्था विरुद्ध २०४३ मा जनपक्षीय प्रधानपञ्च समेत भएका लामा विगत ४५ वर्षदेखि सक्रिय राजनीतिमा निरन्तर क्रियाशील रहदै आएका छन् । नेकपा हुँदा बागमती प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका लामा सरल र सादगी नेताको रूपमा चिनिन्छन् । एमाले बागमती प्रदेशको अधिवेशन असोज ८ गते भृकुटीमण्डमा उद्घाटन हुने छ । बन्द सत्र भने प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ । एमाले बागमती प्रदेशमा ४७९ सदस्यीय प्रदेश संगठन कमिटी रहेको छ । १३ वटा जिल्लाका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन् । अधिवेशनले ५३ प्रतिशतभन्दा बढी आकार घटाउने छ । अबको अधिवेशनले २५५ सदस्यीय कमिटी निर्वाचित गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख