शिक्षकसँगको वार्ता आज निष्कर्षमा पुग्छ : कानुन मन्त्री गुरूङ



हाम्रो इकोनोमि

 

 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शिक्षकहरुका मागमा आज निष्कर्षमा पुग्ने दाबी गरेका छन् । आजको वार्तामा शिक्षकहरुको माग पूरा गर्नेगरी छलफल हुने र निष्कर्षमा पुगिने उनको भनाइ छ । शिक्षकहरुसँगको औपचारिक वार्ता सुरु हुनुअघि गृह, शिक्षा, सन्चार र कानुनमन्त्रीहरुबीच भएको आन्तरिक छलफलमा सहभागी मन्त्री गुरुङले भने, ‘शिक्षक साथीहरुका मागमा हामीले बुँदागत रुपमा हिजोदेखि नै छलफल गरेका छौं । अब अन्तिम टुंगो लगाउने छौं । आज टुंगिन्छ ।

मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग औपचारिक वार्ता सुरू हुने छ। यसअघि बिहीवार पनि २ पटक वार्ता भएपनि कुनै निष्कर्ष निस्किन सकेको थिएन । शिक्षकहरू विद्यालय बन्द गरेर बुधवारदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...