काठमाडौं महानगर अगाडि ७७ घण्टासम्म उभिने युवाहरुको घोषणा



हाम्रो इकोनोमि

 

 

फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन् । मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएका उनीहरुले ७७ घण्टासम्म यसरी नै उभिने घोषणा गरेका छन् । यसक्रममा अरुले पनि साथ दिने अभियन्ताहरुले बताएका छन् । काठमाडौं महानगरले फुटपाथ व्यवसायीहरुलाई बलपूर्वक हटाएपछि झण्डै तीन महिनादेखि ‘गरिबको चमेली बोलदिने कोही छैन’ अभियान चलाइरहेका छन् । ईःका अनुसार अहिले महानगरको नेतृत्वमा रहेका जनप्रतिनिधिहरुले फुटपाथ र त्यहाँ व्यवसाय गरिरहेकाहरुको सहज व्यवस्थापन गर्ने बाचा गरेका थिए । तर नेतृत्वमा पुगेपछि ठीक विपरीत व्यवहार देखिएको भएको भन्दै उनले भने, ‘व्यक्तिको विरोध गरेको होइन, स्थानीय सरकारसँग जवाफ मागेका हौं । युवाले नेतृत्व गरेको सरकारले पहिलाभन्दा फरक व्यवहार देखाउनुपर्‍यो भनेका हौं ।’

‘गरिबको चमेली बोलदिने कोही छैन’ अभियानका अभियन्ताहरुले मेयर बालेन शाहसँग सम्वाद गर्न खोजेका थिए । तर उनी सम्वादका लागि तयार नै भएनन् । ‘हिजो सँगै हिँड्नुभएको साथीहरु नै अल्टरनेटिभ पोलिटिक्समा हुनुहन्छ, मेयरको सचिवालयमा हुनुहुन्छ’ ईः भन्छन्, मेयरले भेट्न नचाहेपछि उहाँहरुमार्फत फ्रेमवर्क पनि पठाएका थियौं । त्यसको कुनै रेस्पोन्स आएन । मेयर बालेनले निर्णय गरेपछि गलत नै भएपनि कार्यान्वयन गरिछाड्छु भन्ने हद देखाएको अभियन्ताहरुको बुझाइ छ । इगोमा सेन्टरमा राखेर सरकार चलाउने हो भने न उहाँलाई राम्रो हुन्छ, न हिजो उहाँलाई समर्थन गर्ने हामीहरुलाई राम्रो हुन्छ ।’त्यसैले फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनबारे ध्यानाकर्षण गराउन महानगरको कार्यालय अगाडि ७७ घण्टा उभिने निर्णय लिएको ईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...