एमाले बागमती प्रदेशमा सर्वसम्मत नेतृत्व चयन हुन्छ : उपसचिव बर्तौला



हाम्रो इकोनोमि

 

 

 

 

 

नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा सर्वसम्मतिबाटै नेतृत्व चयन गरिने एमाले बागमती प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभाग प्रमुख महेश बर्तौलाले बताएका छन् । पार्टीलाई सबल र सुदृढ बनाउन पनि सर्वसम्मतिबाटै नेतृत्व चयन हुने उनको भनाइ छ । उनले भने,–‘गत निर्वाचनमा पार्टी बागमती कमजोर अवस्थामा रह्यो । तर, अब पार्टीको कामलाई सबल र सुदृढ बनाउनुपर्ने छ । त्यसका लागि हामीले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ ।’ बागमती प्रदेश जस्तो ठूलो भूगोलमा पार्टी कमजोर रहेकाले कार्यकर्ताको मनोबल पनि बढाउने गरी नेतृत्व छनोट गरिने उनले बताए । उनले भने,–‘अधिवेशनमा चुनाव गरेर नेतृत्व चयन गर्दा कार्यकर्तामा फुट आउन सक्छ । तर, कार्यकर्ताको मनोबल बढाउने गरी नै सर्वसम्मतिबाट नेतृत्व चयन गर्नुपर्छ ।’ युवापंक्तिबाट पनि सर्वसम्मति नेतृत्व चयनका लागि पहल भइरहेको छ ।’

नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन नजिकिएको छ ।  अबको एक सातापछि एमाले बागमती प्रदेशले नयाँ नेतृत्व चयन गर्दै छ । आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने अधिवेशनको तयारीले तीव्रता पाएको छ । यतिवेला बागमती प्रदेश अन्तर्गतका जिल्ला तथा पालिकाबाट प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको एमाले उपसचिव एवम् प्रचार प्रमुख महेश बर्तौलाले जानकारी दिए । अब ४ वटा पालिकाको मात्रै छनोट बाँकी रहेको एमाले बागमती प्रदेशले जनाएको छ । बागमती प्रदेशका १३ जिल्लाका  भूगोलबाट प्रतिनिधिहरु चुनिएर आउनेछन् ।

करिब १ हजार ३०० भन्दा बढी प्रतिनिधि सहभागी हुने एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए । अगामी सोमबार काठमाडौँको भृकुटीमण्डपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले एमालेका नेता कार्यकर्ताहरु एक आपसमा उम्मेदवारको चर्चा चलाएका छन् । हालसम्म एमाले बागमतीको नेतृत्वका लागि दुइ केन्द्रीय सदस्यसहित तीन जना आकाङ्क्षी देखिएका छन् । मकवानपुरबाट कृष्ण दाहाल, रामेछापबाट कैलाश ढुङ्गेल एमाले बागमतीको नेतृत्वका लागि इच्छुक देखिएका हुन् । यता, एमाले बागमती प्रदेशका वर्तमान अध्यक्ष केशवराज पाण्डे पनि पुनः अध्यक्ष बन्न कस्सिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...