एमाले बाग्मती प्रदेश अधिवेशन, अध्यक्षमा ४ जना दावेदार



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा दुई जना केन्द्रीय कमिटी सदस्य प्रतिनिधि बन्नुभएको छ । केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद दाहाल मकवानपुरबाट र कैलाश ढुंगेल रामेछापबाट प्रतिनिधि चयन हुनुभएको हो ।मकवानपुर र रामेछापका सवै पालिकामा शनिवार प्रतिनिधि चयन हुँदा केन्द्रीय सदस्यद्वय अध्यक्षको उम्मेदवार बन्ने निर्णयसहित प्रदेश अधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । यस्तै बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डे र अध्यक्षका अर्का दावेदार बागमति प्रदेशका पूर्वसभामुख सानु श्रेष्ठ पनि प्रतिनिधि चयन हुनुभएको छ ।

बागमती प्रदेश कमिटीको यही असोज ८ र ९ गते काठमाडौंमा प्रथम अधिवेशन हुँदैछ । अधिवेशनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । सो अधिवेशनका लागि आजसम्म प्रतिनिधि चयन गरी प्रदेश कार्यालयमा बुझाइसक्नु पर्ने निर्णय प्रदेश कमिटीको रहेको छ । अधिवेशनमा दुई जना केन्द्रीय सदस्य प्रतिनिधि बनेर आएसँगै चुनावको संकेत देखिएको छ । पूर्वसांसद समेत रहनुभएका मकवानपुरका कृष्ण दाहाल र बागमतिका पूर्वअर्थमन्त्री कैशाल ढुंगेलसँगै प्रदेश कमिटी अध्यक्ष पाण्डे र बागमतीका पूर्वसभामुख सानु श्रेष्ठले अध्यक्षको दावी गर्नुभएको छ । चार जना नै उम्मेदवार बनेको अवस्थामा भने परिणाम चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ । बागमतीमा १ लाख ९ हजार २ सय ३८ जना संगठित सदस्य रहेका छन । संगठित सदस्य संख्या, स्थानीय तहका संख्या र जनसंगठनहरुको लागि तोकिएको कोटासहित अधिवेशनमा बढीमा ११ सय ५० जना प्रतिनिधि चयन हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...