सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउँछौं : प्रधानमन्त्री



 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधार आयोजनाहरूमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न सरकारले प्रयास गरिरहेको बताएका छन् । लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूला पूर्वाधार आयोजनाहरूलाई सहजीकरण र परिचालन गर्ने सन्दर्भमा सङ्कलन गरेको अनुभवका आधारमा सरकार अघि बढेको बताए । उनले भने, ‘नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको छ । तर, कोभिड महामारी, विश्वव्यापी द्वन्द्व र जलवायु परिवर्तनका कारणले तोकिएको समय सीमाभित्र हाम्रा आकांक्षाहरू साकार पार्नु प्रमुख चुनौतीको रूपमा रहनेछ । हालको १५औं पञ्चवर्षीय योजनामा कुल लगानीको आधाभन्दा बढी निजी क्षेत्रबाट आउने परिकल्पना गरिएको उनले बताए । उनले भने, ‘हामी कार्यान्वयनको अन्तिम वर्षमा छौं ।

हामीले १६औं आवधिक योजनाको मस्यौदा तयार गर्दा, नेपाल सरकार राष्ट्रिय विकासका लागि निजी क्षेत्र, देशी र विदेशी स्रोत परिचालन महत्त्वपूर्ण छ भन्ने कुरामा दृढ विश्वास गर्छ । व्यवसाय र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानूनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिबद्ध छ । संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य भएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार एफडीआईको सन्दर्भमा नीति सुधार गर्न र विशेष गरी पीपीपी मोडलमा विकासका विभिन्न चरणमा रहेका आयोजनाहरूको प्रभावकारी ह्यान्डहोल्डिङका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु