अमेरिकी सेनाको टोली आज नेपाल आउँदै



हाम्रो इकोनोमि

 

 

अमेरिकी सेनाको १२ सदस्यीय टोली आज नेपाल आउँदै छ । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौं आउन लागेको हो । ४० औं संस्करणको संयुक्त सैन्य अभ्यास भदौ २४ गतेदेखि सुरु भई असोज १२ गते सकिने नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उनले भने, ‘नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच हुँदै आएको ज्वाइन्ट कम्बाइन्ड एक्सचेन्ज ट्रेनिङ ब्यालेन्स नेलको नियमित अभ्यास हो । यो अभ्यासमा सहभागी हुन अमेरिकाबाट जुनियर लेभलका बिल्लादार सैनिक आज दिउँसो बन्दोबस्तीका सामानसहित अमेरिकी सेनाकै विमानबाट काठमाडौं आउन लागेको नेपाली सेनाका सूचना अधिकारी भण्डारीले जानकारी दिए । अमेरिकी सेनाको उक्त विमान भने भदौ २२ गते नै फर्किने छ ।

अमेरिका, बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशका सेना र नेपाली सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ । संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता, प्रतिआतंकवाद नियन्त्रण, शान्ति सेनामा खटिँदाको भूमिका लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदान प्रदान हुँदै आएको छ । यस्तै अभ्यासको सिलसिलामा सेनानी विवेक विक्रम शाहको कमाण्डमा १० सदस्यीय नेपाली सेनाको टोली भदौ २० गते बेलायत प्रस्थान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...