१० हजार मेगावाट विद्युत खरिद गर्न भारत तयार



हाम्रो इकोनोमि

 

 

भारतीय सरकार नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्न तयार भएको छ । भारतीय मन्त्रिपरिषद्ले नेपालबाट १० हजार मेगावाट विद्युत खरिद मस्यौदा पारित गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद बिक्री सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। उक्त सम्झौता भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । भारतीय मन्त्रिपरिषदको निर्णयसँगै अब नेपालमा थप बिजुली उत्पादन गर्ने, प्रोजेक्टहरू कसरी बनाउने भन्नेबारे अध्ययन अघि बढ्ने छ । अब भारतीय उर्जा सचिव र नेपालका सचिवबीच सम्झौता भएपछि थप कार्य अगाडि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...