पुल्चोक इन्जिनियरिङ कलेजमा अनशन समर्थक समूहले प्रदर्शन



 

 

इन्जिनियरिङमा भएको शुल्क वृद्धिको विरुद्ध अनशन समर्थक समूहले प्रदर्शन गरेका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको शुल्क फिर्ताको माग नेपाल विद्यार्थी संघ (नेविसंघ) निकट आमरण अनसन समूहले प्रदर्शन गरेका हुन् । उनीहरूले इन्जिनियरिङ अध्ययन संस्थानको भीसी, डीन, कानुन र न्‍यायको शव यात्रा निकालेका छन् । शव यात्रा निकाल्‍ने क्रममा प्रहरीले उनीहरूको प्रदर्शनमा हस्तक्षेप गरी त्यही रोकेको छ । शुल्क वृद्धिको विरोधमा नेविसंघका विद्यार्थी नेता पनि आमरण अनसनमा बसिरहेका छन् । यस्तै समाजवादी मोर्चा निकटका विद्यार्थीहरू अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल ९क्रान्तिकारी० का केन्द्रीय सदस्य प्रेम सिंहले आमरण अनशन बसेका छन् । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहका लागि तीन लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्‍याइएको छ । उनीहरूले शुल्क वृद्धिको विरोधमा आमरण अनसनमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी