चार जलविद्युतका लागि ३५ अर्बमाथिको लगानी स्वीकृत



हाम्रो इकोनोमि

 

 

लगानी बोर्डले ४ जलविद्युत परियोजनाका लागि ३५ अर्बमाथिको लगानी स्वीकृत गरेको छ । शुक्रबार बिहान बसेको ५५औं बोर्ड बैठकले २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत परियोजनाका लागि ७ अर्ब ९२ करोड, ६३ मेगावाट छुजुङ खोला जलविद्युत परियोजना अनुमानित लागत ९ अर्ब ६८ करोड, ४९.९५ मेगावाटको दानाखोला जलविद्युत परियोजनाका लागि अनुमानित लागत ९ अर्ब ६८ करोड, सानीभेरी जलविद्युत परियोजना ४४ दशमलव ५२ मेगावाट ९ अर्ब ४६ करोड लगानी स्वीकृत गरेको हो । बैठकले दाङ राजपुर गाउँपालिकामा प्रस्तावित २४५ मेगावाट र २० मेगावाट क्षमतको सौर्य ऊर्जा अध्ययन अनुमति प्रदान गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत सुशील भट्टले बताए । भट्टले भने, ‘परियोजना कार्यान्वयनसम्बन्धी अरुण ३ जलविद्युत परियोजनाको डाइरेक्ट एग्रिमेण्ट सम्बन्धमा छ ।

त्यस्तै माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन सम्बन्धमा रहेका छन् । त्यस्तै सौर्य ऊर्जा परियोजना कोहलपुर बाँडगंगाको डिटेल फिजिविलिटी स्टडीबारे बोर्डले जानकारी लिएको छ भने तल्लो अरुण जलविद्युत परियोजनाको लागि प्रारम्भिक अधिकारी तोक्ने सवालमा पनि बोर्डले आवश्यक निर्णय गरी मन्त्रीपरिषद्‍मा पठाउने कुरा गरेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सवालमा यस परियोजनाको विकासको खाका, परियोजनाको खाका, विकास ढाँचा र लगानीको ढाँचा तय गर्न गठित समितिको म्याद थप गरिएको छ । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन परियोजना प्याकेज वानको बारेमा पनि बोर्ड बैठकलाई जानकारी गराइएको छ । त्यस्तै ‘सार्वजनिक(निजी साझेदारी ऐन(२०७५’ लाई संशोधनको प्रस्ताव तयार गर्न लगानी बोर्ड कार्यालयलाई स्वीकृति दिइएको छ । बैठकले तमोर जलविद्युत आयोजनाको विस्तृत अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...