अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोग



हाम्रो इकोनोमि

 

 

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँदली गरेको आरोप लागेको छ । सोमबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध सो आरोप लगाइएको हो । ट्रम्पले सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा जर्जियामा निर्वाचनका दौरान धाँदली गरेको आरोप लागेको एक स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । यस वर्ष पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध दायर भएको यो चौथो फौजदारी अभियोग हो । यसअघि पनि ट्रम्प र अन्य १८ जनाविरुद्ध दक्षिणपूर्वी अमेरिकामा आपराधिक आरोप लागेको थियो । ट्रम्पविरुद्ध राज्यको र्‍याकेटियरिङ ऐन उल्लंघन गर्ने, सरकारी अधिकारीलाई आफ्नो शपथमा उल्लंघन गर्न आग्रह गरेको, सरकारी अधिकारीको नक्कल गरेको, राज्यविरुद्ध षड्यन्त्र गरेकोलगायतका १३ वटा मुद्दा लगाइएको थियो ।

अहिलेको अभियोग भने फुल्टनका जिल्ला न्यायाधिवक्ता फानी विलिसद्वारा साढे २ वर्षको अनुसन्धानपछि लगाइएको हो । फुल्टन काउन्टी ग्राण्ड जुरीद्वारा जारी गरिएको ४१ पन्ने अभियोग पत्रमा उहाँ र अन्य १८ जनामाथि ठगीको मामिलामा अभियुक्त बनाइएको छ र उनीहरूमाथि अभियोग चलाइनेछ । ट्रम्पले सबै आरोप खारेज गर्दै आएका छन् । फेब्रुअरी २०२१ मा, फुल्टन काउन्टीका जिल्ला अधिवक्ता फानी विलिसले ट्रम्प र उनका सहयोगीविरुद्ध चुनावी हस्तक्षेपको आरोपमा अनुसन्धान सुरू गरेका थिए । अभियुक्तको सूचीमा ट्रम्पका पूर्ववकिल रुडी जिउलियानी, ह्वाइट हाउसका पूर्व चीफ अफ स्टाफ मार्क मेडोज, ह्वाइट हाउसका पूर्वसल्लाहकार जोन ईस्टम्यान र न्याय विभागका पूर्वअधिकारी जेफ्री क्लार्कको नाम छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...