जेभियर इन्टनरेशनल कलेजको नयाँ प्रयोग, विद्यार्थीलाई शपथ, स्वागत र अभिमुखीकरण



हाम्रो इकोनोमि

 

उच्च शिक्षाको ढोकाभित्र पसेका विद्यार्थीलाई उनीहरूको आगामी गन्तव्य र पठन संस्कृतिबारे प्रतिबद्ध बनाउन जेभियर इन्टनरेशनल कलेजले नयाँ प्रयोग थालेको छ । कलेजमा ११ कक्षा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूको पठनपाठन सुरू हुनुअघि शपथग्रहण तथा अभिमुखीकरणसहित स्वागत कार्यक्रम आयोजना गरेर जेभियरले नयाँ प्रयोग थालेको हो । कमलादीस्थित एकेडेमी हलमा करिब १५ सय विद्यार्थीको स्वागत तथा शपथग्रहण र अब के पढ्ने र कसरी पढ्ने भन्नेबारे अभिमुखीकरण आयोजना गरिएको कलेजका प्रिन्सिपल दिपेन दाहालले बताए ।

यस वर्ष जेभियर इन्टरनेशनल कलेज स्थापनापछिकै सबैभन्दा बढी १५ सय विद्यार्थी कक्षा ११ मा भर्ना भएको उनले जानकारी दिए । तीमध्ये ७ जना जीपीए ४ ल्याउने सर्वोत्कृष्ट विद्यार्थीसमेत छन् । उनले जेभियरको इतिहासकै सबैभन्दा बढी विद्यार्थी भएको वर्षको रुपमा लिएर नयाँ ढंगले विद्यार्थीमा अभिमुखीकरण गरिएको बताए । यसक्रममा विभिन्न सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरू समेत गरिएका थिए । कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा ए लेभलसहित विज्ञान,व्यवस्थापन, मानविकीलगायतका संकायको अध्ययन हुन्छ ।

 

    

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...