जेभियर इन्टनरेशनल कलेजको नयाँ प्रयोग, विद्यार्थीलाई शपथ, स्वागत र अभिमुखीकरण



हाम्रो इकोनोमि

 

उच्च शिक्षाको ढोकाभित्र पसेका विद्यार्थीलाई उनीहरूको आगामी गन्तव्य र पठन संस्कृतिबारे प्रतिबद्ध बनाउन जेभियर इन्टनरेशनल कलेजले नयाँ प्रयोग थालेको छ । कलेजमा ११ कक्षा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूको पठनपाठन सुरू हुनुअघि शपथग्रहण तथा अभिमुखीकरणसहित स्वागत कार्यक्रम आयोजना गरेर जेभियरले नयाँ प्रयोग थालेको हो । कमलादीस्थित एकेडेमी हलमा करिब १५ सय विद्यार्थीको स्वागत तथा शपथग्रहण र अब के पढ्ने र कसरी पढ्ने भन्नेबारे अभिमुखीकरण आयोजना गरिएको कलेजका प्रिन्सिपल दिपेन दाहालले बताए ।

यस वर्ष जेभियर इन्टरनेशनल कलेज स्थापनापछिकै सबैभन्दा बढी १५ सय विद्यार्थी कक्षा ११ मा भर्ना भएको उनले जानकारी दिए । तीमध्ये ७ जना जीपीए ४ ल्याउने सर्वोत्कृष्ट विद्यार्थीसमेत छन् । उनले जेभियरको इतिहासकै सबैभन्दा बढी विद्यार्थी भएको वर्षको रुपमा लिएर नयाँ ढंगले विद्यार्थीमा अभिमुखीकरण गरिएको बताए । यसक्रममा विभिन्न सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरू समेत गरिएका थिए । कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा ए लेभलसहित विज्ञान,व्यवस्थापन, मानविकीलगायतका संकायको अध्ययन हुन्छ ।

 

    

प्रतिक्रिया दिनुहोस
बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...