चिनियाँ विदेशमन्त्री छिङ काङ बर्खास्त



हाम्रो इकोनोमि

 

 

गत जुन २५ बाट सार्वजनिक जीवनमा नदेखिएका विदेशमन्त्री छिङ काङलाई चीनले बर्खास्त गरेको छ । उनको ठाँउमा पुनः वाङ यीलाई ल्याइएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वालाई उदृत गर्दै कतारी विश्व च्यानल अलजजिराले जानकारी दिएको छ ।अलजजिराका अनुसार ५७ वर्षका काङको स्वाथ्यको कारण भन्दै वाङ यी ल्याइएको बताइएको छ । गत जुन २५ मा रुसी उपविदेशमन्त्री एन्द्री रुदेन्कोसँग भेटेपछि छिङ काङ सार्वजनिक भएका थिएनन् ।

कतिपय अमेरिकी मिडियाहरुले अमेरिकी समाचार वाचिकासँग प्रेम भएको समेत हल्ला गरेका थिए । तर, चीनले भनेजस्तो स्वाथ्यको कारण हो वा अमेरिकी हल्ला चलेजस्तो प्रेम सम्बन्धले हो, कुन कारण चै उनी अनुपस्थित भएका हुन् भन्नेमा अहिलेसम्म कुनै स्वतन्त्र पुष्टि हुन सकेको छैन । चिनियाँ विदेश मन्त्रालयका प्रबक्ताबाट अमेरिकी राजदूत हुँदै विदेशमन्त्री भएका उनी सात महिना अगाडि मात्रै विदेशमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...