एक महिनामै १३ पटक ब्रेक शु र दारी काट्ने मेसिन आयात



हाम्रो इकोनोमि

 

 

साउन ३ गते हङकङबाट त्रिभुवन विमानस्थल भित्रिएको करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गर्‍याे ।सो सुन ‘ब्रेक शु’ भित्र लुकाएर ल्याइएको थियो । ‘ब्रेक शु’ आयात गर्ने कम्पनी थियो रेडी ट्रेड प्रालि  सो कम्पनीका मालिक थिए दिलीप भुजेल  दोलखाका भुजेलको एकल स्वामित्वमा रहेको रेडि ट्रेड प्रालिले यस अघि पनि ब्रेक शु सँगै दारी काट्ने मेसिन पटक(पटक ल्याएको देखिन्छ । कम्पनी दर्ता भएयता २८ पटक आयात गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले जानकारी दिए । खनालका अनुसार १५ पटक ब्रेक प्याड, १२ पटक सेभर र एक पटक मेकानिकल मोटर रेडी ट्रेडले आयात गरेको छ । १५ पटकमा कहिले ४० सेट, कहिले ८० सेट र कहिले ६० सेट गरी ६२० सेट ब्रेक प्याड ल्याएको देखिन्छ । एकपटक भने १२० सेट ब्रेक प्याड ल्याएको छ । ब्रेक प्याड पहिलो पटक जेठ १० गते आयात गरेको छ । त्यतिबेला ४० थान ब्रेक प्याड भित्र्याएको थियो । यस्तै १२ पटकमा २६ सय थान दारी काट्ने मेसिन भित्रिएको देखिन्छ । पहिलो पटक २०८० जेठ २३ गते ४०० थान दारी काट्ने मोसिन ल्याएको थियो । त्यसयता सो कम्पनी मार्फत १३ पटक सामान भित्रियो । जसमा एकपटक मात्र मेकानिकल मोटर आयात भएको थियो । रेडि ट्रेडले दाह्री काट्ने मेसिन (सेभर) चीनको दोङ्गुन सुतु ट्रान्सपोर्टेन कम्पनी लिमिटेडबाट सामान आयात गरेको रेकर्डमा देखिएको छ । यस्तै तालमुड कम्पनी ताइवानबाट पनि मेकानिकल मोटर आयात भएको छ । ब्रेक प्याड भने जियाङनेन फेङतोङ ट्रान्सपोर्टेसन कम्पनी लिमिटेड चीनबाट आयात भएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालय अनुसार दोलखाका दिलीप भुजेलको एकल स्वामित्व रहने गरी रेडी ट्रेड प्रालि नामक कम्पनी २०७९ चैत १९ गतेमात्रै दर्ता भएको थियो । कम्पनीको उदेश्य विदेशबाट सामान आयात गर्ने उल्लेख छ । बुढानीलकण्ठ नगरपालिका ४ ठेगाना राखेर कम्पनी दर्ता भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...