२२ खर्ब नाघ्यो नेपाल सरकारको ऋण



हाम्रो इकोनोमि

 

 

 

 

नेपालको ऋण हरेक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०७९,८० मा मात्रै २ खर्बभन्दा बढी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष सरकारले आन्तरिक ऋण २ खर्ब ५५ अर्ब ९९ करोड ७८ लाख रुपैयाँ उठायो । सोही वर्ष १ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋणको साँवा ब्याज पनि तिरेको छ । अघिल्लो वर्षसम्म आन्तरिक ऋण ९ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ थियो । योसँगै सरकारको आन्तरिक ऋण ११ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।

सरकारले यो पटक बाह्य ऋण करिब १ खर्ब लिएको छ । यद्यपि, विश्व बैंकअन्तर्गतका परियोजनाको प्राप्तिको अन्तिम रिपोर्ट भने आउन बाँकी छ । आन्तरिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमिराम शर्माले अघिल्लो वर्ष सरकारले बाह्य ऋणको ४३ अर्ब १ करोड ६८ लाख रुपैयाँ साँवा ब्याज भुक्तानी गरेको थियो । जसमा साँवा ३४ अर्ब ६१ करोड ७९ लाख र ब्याज ८ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ रहेको उनले जानकारी दिए । आर्थिक वर्ष २०७८,७९ सम्म नेपालको बाह्य ऋण १० खर्ब २५ अर्ब ८४ करोड रुपैयाँ थियो । जसको ४३ अर्ब साँवा ब्याज भुक्तानी गरेको हो । अब नेपालको बाह्य ऋण १० खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ रहेको प्रारम्भिक तथ्यांक छ ।

यो पटक नेपालको बाह्यभन्दा आन्तरिक ऋणको हिस्सा बढेको छ । नेपालमा प्रायःजसो आन्तरिकभन्दा बाह्य ऋणको ग्राफ उकालो लागे पनि यस पटक बाह्यलाई आन्तरिक ऋणले उछिनेको छ । सरकारले ऋण लिँदा कुन सस्तो पर्छ भनेर हेर्नेगर्छ । तर, यस पटक सरकारले महँगोमै भए पनि ऋण लिनुपरेको कार्यालय प्रमुख शर्माले बताए । २०७२ सालमा गएको भूकम्पपछिको पुनर्निर्माणमा बाह्य ऋणको ग्राफ बढेको थियो । आ।व २०७६,७७ देखि २०७८,७९ सम्ममा कोभिड १९ को महामारीको कारण आन्तरिक र बाह्य ऋण बढेको कार्यालयले जनाएको छ ।

 

के हुन्छ आन्तरिक ऋण बढ्दा

बाह्य ऋण घट्न थालेपछि सरकारले बजेट घाटा पूर्ति गर्न हरेक वर्ष आन्तरिक ऋणको हिस्सा बढाउँदै लगेको छ । आर्थिक वर्ष २०३६,३७ बाट हरेक वर्ष सार्वजनिक ऋणमा आन्तरिकभन्दा बाह्य ऋणको भार बढी थियो । तर, यो पटक आन्तरिक ऋणकै भार बढी भएको छ । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा अर्थविद् नरबहादुर थापा आन्तरिक ऋण बढी हुँदा ब्याजदर बढ्ने, पैसा जति सबै सरकारले लगिदिएपछि निजी क्षेत्रले कर्जा नपाउने अवस्था आउन सक्ने बताउँछन् ।

उनी भन्छन्, ‘विदेशी पैसाको उद्देश्य हुन्छ । उद्देश्य पूरा नभए पैसा आउँदैन । काम नगर्ने, पैसामात्र चाहियो भनेर आउँदैन । नेपाली पैसाको उद्देश्य हुँदैन । सरकारले जहाँ मन लाग्यो त्यही लगाउँदा हुन्छ ।’ समयमै काम नगर्ने प्रवृत्तिका कारण बाह्य ऋण घट्दै गएको थापाको भनाइ छ । अर्का अर्थविद् डा.विमल कोइराला जुनसुकै ऋण पनि सही सदुपयोग नभए त्यसले देशलाई हानी गर्ने बताउँछन् । लिएको ऋण उत्पादनशील क्षेत्रमा लगाएर त्यहीको आयबाट साँवा ब्याज तिर्दै जानुपर्ने हो । तर, नेपालको अहिलेसम्मको अवस्था त्यस्तो देखिएन । ऋणमात्रै बढाउँदै लगियो । तर, उत्पादन बढाइएन’, डा. कोइरालाले भने । बाह्य ऋणको तुलनामा आन्तरिक ऋणको ब्याजदरको भार सरकारलाई बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...