चाँगुनारायणको समृद्धि : प्रतिलिटर ४०० मा बेच्दै बाख्राको दुध



 

 

मेश बुढाथोकी चाँगुनारायण नगरपालिकाका उपमेयर हुन् । हसिला र मिजासिलो स्वाभावका बुढाथोकी नगरको विकास र समृद्धिमा पनि उत्तिकै संवेदनशील छन् । निर्वाचित भएसँगै राज्यकोषबाट पाउने आर्थिक सेवासुविधा समेत नलिने घोषणा गरेका उनले एक वर्षको अवधिमा तलब लिएका छैनन् । त्यसैगरी, उपप्रमुखको हैसियतले पाउने सवारीसाधन नगरका ज्येष्ठ नागरिक, अपाङ्ग, वृद्धलगायतको सेवाका लागि उपलब्ध गराएका छन् । ‘मैले उपप्रमुखको हैसियले पाउने गाडी पनि हाम्रा बुबा, आमा तथा अस्पताल आउन नसक्नेहरूको उपयोगका लागि उपलब्ध गराएको छु ।

अनाथ बालबालिकालाई उद्धार गरी आमा समूह र समाज कल्याणको संरक्षकत्वमा व्यवस्थापन गरिरहेको बताउँदै उनीहरूलाई महिनाको दुई हजारका दरले उपलब्ध गराउने गरेको उपप्रमुख बुढाथोकीले जानकारी दिए । यस्तै, ज्येष्ठ नागरिक अपाङ्गहरूलाई हौसला बढाउन नगरपालिकाले विभिन्न काम गर्दै आएको उनको भनाइ छ । ‘नगरले ज्येष्ठ नागरिकहरूलाई घरमै गएर स्वास्थ्य जाँच गर्ने, अपाङ्गलाई ह्विलचियर उपलब्ध गराउने तथा अपांगमैत्री खेल आयोजना गरी उनीहरूलाई हौसला प्रदान गर्ने गरेका छौँ,’ उनले भने ।

यस्तै, उनले चाँगुनारायण अस्पताल चौवीसै घण्टा चलाउने गरी काम भइरहेको बताए । शिक्षामा गुणात्मकता विद्यार्थीलाई नेपाल सरकारले दिवा खाजा भनेर १५ रूपैयाँ दिँदै आएकोमा नगरले १० रूपैयाँ थपेर २५ रूपैयाँ पु¥याएको जानकारी दिँदै उपप्रमुख बुढाथोकीले भने, ‘नगरपालिकाको आन्तरिक स्रोतबाट सार्वजनिक विद्यालयमा ३५ जना शिक्षकको व्यवस्था गरेका छौँ । नगरले कृषिमा जोड दिएको बताउँदै बुढाथोकीले अनुदानमा ट्याक्टर बाँडेको, कृषकलाई बोका, बाख्रा, गाई वितरण गरेको बताए । जनताका स–साना काममा नगरपालिका साथमा रहेको बताउँदै लम्पीस्किन रोग निराकरणका लागि नगरले घरमै गएर उपचार गरिरहेको बताए ।

 

त्यस्तै माटो परीक्षणका लागि प्रत्येक वडामा एक/एक जना माटो परीक्षकको व्यवस्था गरेको जानकारी दिए । त्यसैगरी, नगरले एभोेगार्डो, अन्जिर र जापानिज कटुसमा पनि ध्यान दिएको उनले बताए । उनले भने, ‘जापानी कटुसको मूल्य प्रतिकिलो १९०० मूल्य छ । जुन काजुभन्दा पनि महँगो छ ।’ बाख्रापालनका लागि अनुदान दिएको बताउँदै उनले भने, ‘बाख्रापालनका लागि नगरले अनुदान दिएको छ । अहिले कृषकले बाख्राको दुध र सोबाट बनेको पनीर विक्री गरिरहेका छन्, बाख्राको दुध प्रतिलिटर ४०० का दरले बिक्री हुन्छ ।’

स्थानीय वस्तुको उपयोग गर्न नसक्दा किसानले मलको हैरानी भोग्नुपरेको उनको भनाइ छ । उपमेयर भन्छन्, ‘वरिपरिका वस्तुको सम्वद्र्धन र प्रवद्र्धन गर्न नसक्दा अहिले किसान मलको हैरानीमा छन् । म आफैँ कृषक हुँ । गाईंको गोबर युरिया मलको भन्दा पनि बढी मल लाग्छ । हामी गाईंको मल घाममा सुकाउँछौँ । यो गलत हो, जस्ताको राप वा त्यसलाई छत दिएर मललाई एक/दुईपटक पल्टाएर राखियो भने त्यो डिएपी र युरियाभन्दा राम्रो मल बन्छ ।’ यस्तै, बाख्राका बड्कुलाको रस युरियाभन्दा राम्रो हुने उनले बताए । उनले भने, ‘बाखा्रको बड्कुला न्यूनतम एक पाथीजति भएपछि त्यसलाई बोरामा हालेर पानीमा भिजाएर रस निकाल्ने । त्यो मल युरियाभन्दा बढी राम्रो हुन्छ । त्यसरी निकालिएको बाख्राको मलको एक लिटर पानी ३० रूपैयाँमा विक्री हुन्छ ।’

साथै, चाँगुनारायणमा मलको अभाव हटाउन मन्त्रालय, केयुकेएलसँग सहकार्यको प्रक्रिया अघि बढाइएको उनले बताए ।
‘मलको अभाव हटाउन सेफ्टी ट्याङ्की बनाउन लागिरहेका छौँ । जसमा मान्छेको फोहोर एक ठाउँ राख्छौ र पानी अर्कैतिर पठाउँछौ र फोहोरमा नर्कट हालेर मल बनाउँछौँ । खानेपानीका सचिवज्यू केयुकेएलका जीएमले फिल्ड भिजिट गरेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । अब चाँडै नै डम्पिङसाइड बन्छ ।’ उपमेयर बुढाथोकीले आफनो योजना सुनाए ।

उनका अनुसार नगरपालिकाको विकासका लागि स्वास्थ्य विज्ञ, शिक्षा विज्ञ, अर्थविज्ञ, राष्ट्रिय योजना आयोगको पूर्वाउपाध्यक्षगायतबाट राय तथा सुझाव लिएर नीति तथा कार्यक्रम बनाइएको छ । बजेट तथा नीति कार्यान्वयनमा चाँगुनारायणबासीको सहयोग रहे समृद्ध चाँगुनारायणको सपना चाँडै पूरा हुने उनको भनाइ छ ।

 

कामका दौरानमा स–साना कुराले चुनौती रहेको बताउँदै विगतमा उपभोक्ता समितिको अध्यक्षले अरुको जग्गामा बाटो खनेर आफ्नामा आएर बाटो नखनेपछि अघि सर्दा आफूमाथि अख्तियार र मानवअधिकार आयोगको मुद्दा समेत लागेको उनले स्मरण गरे । यस्तै, उनले न्यायायिक समितिमा चुनौती रहेको बताउँदै उनले कतिपय मुद्दा भन्नै नहुने र कतिपय हेर्नै नमिल्नेखालका आउने गरेको सुनाए ।

विवाह गरेको २३ दिनपछि श्रीमानले छाडेर कुवेत गएर १० वर्षसम्म घर नफर्केपछि विवाह दर्ता र नागरिकताविहीन रहेकी टुहुरी महिला मानवीय आधारभूत आवश्यकताका लागि न्याय समितिमा निवेदन लिएर आएको घटनाले मन छोएको उनी बताउँछन् । उनले भने, ‘हामीले उहाँका सासुससुरालाई छलफलमा बोलायौँ । उहाँको श्रीमानलाई झिकाउने प्रयास ग¥यौँ । म आफैँले कल गरेँ । तर, नेपाल नभएकाले केही गर्न सकेनौँ । श्रीमानले श्रीमती भएको स्वीकार्दै अंश दिन तयार भए । तर, श्रीमतीसँग नागरिकता र विवाह दर्ता नभएकाले नगरपालिकाबाट केही गर्न सक्ने अवस्था थिएन । जिल्ला अदालतसँग समन्वय गरेर पीडितलाई न्याय दिलाएका छौँ ।’

नगरपालिकामा सबैभन्दा बढी साँध सीमाना र डिभोर्सका मुद्दा बढी आउने गरेको उनको भनाइ छ । त्यसैगरी पछिल्लो समय श्रीमान् श्रीमतीबीच हुने फरक खालका केस पनि आउने बुढाथोकी बताउँछन् । एक वर्षमा ९० वटा मुद्दा दर्ता भएकोमा करिब ६५ वटा मुद्दा मिलापत्र भए पनि अझै केही मुद्दा विचाराधीन रहेको बताए ।

 

हप्ताको एकदिन बस्ने न्यायायिक समितिको बैठकमा १०–१२ वटा मुद्दा हेर्ने गरेको उनको भनाइ छ । चाँगुनारायण नगरपालिका धार्मिकस्थल बढी भएको नगरपालिका भएकाले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको बुढाथोकीले बताए । चाँगुनारायण रमणीयस्थल हो । हाम्रो पहिलो प्राथमिकता पर्यटनमा हुन्छ । यहाँ चाँगुनारायण मन्दिर, मोहनपोखरी, रत्नागिरि जस्ता स्थान पर्यटकीय स्थल छन्,’ चाँगुनारायण नगरपालिकाले २०८२ सालमा पर्यटकीय महोत्सव र चाँगु महोत्सव मनाउने योजना रहेको उपप्रमुख बुढाथोकीले सुनाए । उपप्रमुख बुढाथोकीले नगरका ८० हजार जनतालाई खुसी बनाएर काम गर्न नसकेको बताए । उनले भने, ‘कामको सुरुवात गरेका छौँ । नगरबासीको सुझाव अनुरूप हामी अघि बढ्छौँ । जति गर्छौँ भनेर आएका थियौँ त्यति गर्न चाँहि सकेका छैनौँ तर गर्ने कोसिशमा छौं ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।