खेलकुद र शिक्षालाई सँगसँगै लैजानुपर्छ : पूर्वमेयर शाक्य



 

 

काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले शिक्षा र खेलकुदलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय खेलकुद महासंघ काठमाडौं जिल्ला कमिटीद्घारा आयोजित राष्ट्रिय प्रशिक्षक र प्रशिक्षार्थीहरूको सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले तत्कालीन अवस्थामा आफूहरू युवासंघमा हुँदा खेल क्षेत्रको विकासका लागि खेलकुद मन्त्रालयको माग गरेको बताए । ‘हामी युवासंघमा भएको बेला सरकारले खेलकुद क्षेत्रलाई कुनै महत्व दिँदैन थियो’ शाक्यले भने, ‘हाम्रै पहलमा खेलकुद मन्त्रालय स्थापना भयो, अहिले त प्रेदश र स्थानीय तहमा पनि खेलकुदलाई महत्व दिएको छ ।’ उनले खेलकुद र शिक्षालाई सँगसँगै लैजादा मात्र देशमा स्वास्थ्य र सक्षम नागरिकको उत्पादन हुने बताए । उनी काठमाडौं महानगरको मेयर भएको बेला प्रत्येक वर्ष बहुउदेश्यीय मार्शल आट्र्स केन्द्रका लागि १ करोड बजेट दिने गरेका थिए । उक्त केन्द्रमा अहिले एक सय हाराहारी बच्चाहरूले जिम्न्यस्टिक प्रशिक्षण लिइरहेका छन् । सम्मान कार्यक्रममा केन्द्रका प्रहिक्षार्थीहरूले विभिन्न खेल कौशल देखाएका थिए । उनीहरूले जिम्न्यास्टिकका विभिन्न विद्याका कलाहरू र सांस्कृति नृत्यहरू पनि देखाएका थिए । महासंघले ७० जना प्रशिक्षार्थीहरूलाई सम्मान पत्र दिए । केन्द्रसँगको सम्मन्वयमा आयोजना भएको उक्त कार्यक्रममा प्रशिक्षक र अन्य विभिन्न समयमा राष्ट्रिय अन्तराष्ट्रिय खेल खेलेका खेलाडी तथा प्रशिक्षकहरूलाई समेत सम्मान पत्र प्रदान गरेको थियो ।

नेकपा एमाले निकट खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेतले पनि शिक्षा र खेलकुदसँगसै हुनुपर्नेमा जोड दिए । उनले एमाले अहिले खेलकुद र शिक्षालाई एकाकार गरेर लैजाने नीतिमा रहेको बताए । उनले विद्यालय र विश्वविद्यालयमा समेत खेलकुद राख्नुपर्ने बताए । उनले भने, ‘खेल र शिक्षालाई एउटा युवाले राष्ट्रको नाम राख्ने र आफ्नो जीवनलाई समेत सहजरूपमा अगाडि बढाउँछ ।’ त्यस्तै काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले केन्द्रलाई वडाले वार्षिक २ लाख दिने बताए । अहिले नेपालको नीति अस्पतल बनाउने, स्कुल बनाउने मात्र भएको भन्दै उनले खेलकुदलाई अझैपनि छायाँको रूपमा हेरिएको बताए । उनले मानिसलाई कसरी स्वास्थ्य बनाउने भन्ने नीति आवश्यक भएपनि विरामीलाई कसरी उपचार गर्ने भन्नेमा केन्द्रित रहेको बताए । अध्यक्ष रिजालले वडाले यस केन्द्रका उत्कृष्ट केही खेलाडीहरूलाई निःशुल्क रूपमा विभिन्न विद्यालयमा अध्ययन गराउने समेत बताए । खेलकुद महासंघका काठमाडौं शाखा एवं केन्द्रका अध्यक्ष राजेश्वर मान स्थापितले केन्द्रमा आफ्नो नानी बाबुहरूलाई पठाएकोमा अभिवाकहरूलाई धन्यवाद दिए । आफूहरूले यस केन्द्रबाट उत्पादित खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसमेत बनाउने उदेश्य राखेको भन्दै उनले अभिभावकलाई त्यसरी नै आफ्नो बच्चालाई साथ दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान अझै पूर्ण नरहेको बताएका छन् । सोमवार

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी आर्थिक वर्षमा

प्रचण्ड, ओली र रविबीच बालुवाटारमा वार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली

कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु

  कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ । कीर्तिपुरबाट रत्नपार्क चल्ने