५२ अंकले बढेको शेयर, ४ अर्ब ८६ करोडको कारोबार



हाम्रो इकोनोमि

 

 

आइतबारको शेयर कारोबारमा आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ५२.२६ अंकले बढेको बजारमा ६ कम्पनी मालामाल भएका हुन् । आइतबार ४ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । केही दिन यता सेयर बजार सुधार तर्फ देखिएको छ । नेपाल इन्सुरेन्स कम्पनी ,प्रभुलाइफ इन्सुरेन्स कम्पनी, ग्रिा भेन्चर लिमिटेड, सुपरमादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था, मेन्छ्याम हाइड्रोपावर, सिटि होटल, माहुली लघुवित्त वित्तिय संस्था, साधना लघुवित्त वित्तिय संस्था र स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज बैकिङ समुह बाहे सबै समुहमा उछाल आएको छ ।

आइतबार नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४।३३ विन्दुमा आएको छ ।बजारमा सुधार आइरहँदा कारोबारमा समेत वृद्धि भइरहेको छ । आम लगानीकर्ता उत्साहित भएका छन् ।यस दिन २८० कम्पनीको १ करोड २० लाख कित्ता सेयर कारोबार भएको हो । ३६ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइजीआई प्रुडेन्सियल इन्सुरेन्स र सोल्टी होटल परेका छन् । पछिल्लो समय बैंकले ब्याजदर घटाएका छन् भने तरलता पनि सहज हुदै गएको छ । यसको असर सेयर बजारमा पनि देखिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...