५२ अंकले बढेको शेयर, ४ अर्ब ८६ करोडको कारोबार



हाम्रो इकोनोमि

 

 

आइतबारको शेयर कारोबारमा आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ५२.२६ अंकले बढेको बजारमा ६ कम्पनी मालामाल भएका हुन् । आइतबार ४ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । केही दिन यता सेयर बजार सुधार तर्फ देखिएको छ । नेपाल इन्सुरेन्स कम्पनी ,प्रभुलाइफ इन्सुरेन्स कम्पनी, ग्रिा भेन्चर लिमिटेड, सुपरमादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था, मेन्छ्याम हाइड्रोपावर, सिटि होटल, माहुली लघुवित्त वित्तिय संस्था, साधना लघुवित्त वित्तिय संस्था र स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज बैकिङ समुह बाहे सबै समुहमा उछाल आएको छ ।

आइतबार नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४।३३ विन्दुमा आएको छ ।बजारमा सुधार आइरहँदा कारोबारमा समेत वृद्धि भइरहेको छ । आम लगानीकर्ता उत्साहित भएका छन् ।यस दिन २८० कम्पनीको १ करोड २० लाख कित्ता सेयर कारोबार भएको हो । ३६ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइजीआई प्रुडेन्सियल इन्सुरेन्स र सोल्टी होटल परेका छन् । पछिल्लो समय बैंकले ब्याजदर घटाएका छन् भने तरलता पनि सहज हुदै गएको छ । यसको असर सेयर बजारमा पनि देखिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...